back
himalayan life

करेन्ट र लाली चाउचाउ सहित ज्याक न्याक बिस्कुट गुणस्तरहीन: बजारबाट तत्काल फिर्ता गर्न सरकारको कडा आदेश

कुन-कुन उत्पादनमा भेटियो कैफियत?

काठमाडौं । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध केही चर्चित ब्रान्डका तयारी खाजाहरू (चाउचाउ र बिस्कुट) स्वास्थ्यका लागि हानिकारक र गुणस्तरहीन रहेको पुष्टि गर्दै ती उत्पादनहरू बजारबाट तत्काल फिर्ता (Recall) गर्न कडा निर्देशन जारी गरेको छ।

विभागले गरेको पछिल्लो बजार अनुगमन र प्रयोगशाला परीक्षणका क्रममा यी उत्पादनहरूमा प्रयोग गरिएको तेल वा चिल्लो पदार्थको गुणस्तर मापन गर्ने ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ (Acid Value of Extracted Fat) नेपाल सरकारले तोकेको अनिवार्य मापदण्ड भन्दा निकै बढी र असुरक्षित पाइएको हो।

कुन-कुन उत्पादनमा भेटियो कैफियत?

विभागद्वारा प्रकाशित सूचना अनुसार देहायका कम्पनी र ब्रान्डका विशिष्ट ब्याचहरूमा समस्या देखिएको छ।

करेन्ट (Current) चाउचाउ

  • उत्पादक: यशोदा फुड्स प्रा. लि., तिलोत्तमा-१५, रुपन्देही।

  • परिमाण: १०० ग्राम।

  • ब्याच नम्बर: ०४ A।

  • उत्पादन मिति: २०८६/०२/२३।

  • कैफियत: एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु मापदण्ड अनुरुप नभएको ।

लाली (Lali) चाउचाउ

  • उत्पादक: यशोदा फुड्स प्रा. लि., तिलोत्तमा-१५, रुपन्देही।

  • परिमाण: ५० ग्राम।

  • ब्याच नम्बर: ०२ A।

  • उत्पादन मिति: २०८६/०१/२२।

  • कैफियत: एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु मापदण्ड अनुरुप नभएको ।

ज्याक न्याक क्राकर्स (Jack Nack Krakers) बिस्कुट

  • उत्पादक: एशियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा. लि., दुहबी, सुनसरी।

  • परिमाण: ७५ ग्राम।

  • ब्याच नम्बर: ६।

  • उत्पादन मिति: २०२५/१२/११।

  • कैफियत: एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु मापदण्ड अनुरुप नभएको ।

कानुनी कारबाही र निर्देशन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) को प्रावधान बमोजिम उल्लेखित ब्याचका सबै खाद्य पदार्थहरू बजारबाट तत्काल फिर्ता (Recall) गर्न सम्बन्धित उत्पादकलाई आदेश दिएको छ।

साथै, सोही ऐनको उपदफा (४) बमोजिम ती उत्पादनहरूको बिक्री वितरण तत्काल रोक्न र अर्को आदेश नभएसम्म बजारमा नपठाउन समेत महानिर्देशक स्तरको निर्णयबाट निर्देशन जारी गरिएको छ।

स्वास्थ्यमा कस्तो असर पर्छ?

विज्ञहरूका अनुसार खाद्य पदार्थमा, विशेष गरी तेलमा पकाइएका सामग्रीमा ‘एसिड भ्यालु’ बढ्नुको अर्थ त्यसमा प्रयोग गरिएको तेल पुरानो, गुणस्तरहीन वा अक्सिडाइज्ड भएको भन्ने बुझिन्छ। यस्तो चिल्लो पदार्थयुक्त खाजा सेवन गर्दा पाचन प्रणालीमा समस्या देखिनुका साथै दीर्घकालीन रूपमा मुटु र कलेजोसम्बन्धी रोगहरूको जोखिम बढ्न सक्छ।

चाउचाउ र बिस्कुट जस्ता तयारी खाजाहरू बालबालिकाले बढी रुचाउने भएकाले, विभागको यो कदमलाई जनस्वास्थ्य सुरक्षाका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ। विभागले उपभोक्ताहरूलाई सामान खरिद गर्दा उत्पादन मिति र ब्याच नम्बर हेरेर मात्र खरिद गर्न र शंकास्पद देखिएमा उजुरी गर्न समेत आग्रह गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...