back

नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय र अनुकरणीय हुनसक्छ : सभापति देउवा

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाको अभिन्न अङ्ग सङ्क्रमणकालीन न्याय टुङ्गोमा पु¥याउने विषय सहमतीमा पुग्नु नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक महत्व भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको छलफलमा सभापति देउवाले सबै राजनीतिक शक्ति र सरोकारवाला पक्ष एक स्वरमा सर्वसम्मतिका साथ एकै ठाउँमा उभिनु ऐतिहासिक भएको धारणा राख्नुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले भन्नुभयो, “हामीले समग्रमा शान्तिप्रक्रियाको बाँकी रहेका अध्यायलाई विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेका छौँ । त्यसमा आज हामी सबै राजनीतिक शक्ति र सरोकारवाला पक्ष एकस्वरमा सर्वसम्मतिका साथ उपस्थित भएका छौँ । यो आफैमा एउटा ऐतिहासिक उपलब्धिको घडी हो ।” उहाँले शान्ति प्रक्रियाको बाँकी रहेको काम सङ्क्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न आवश्यक कानुनका साथै सक्षम आयोग गठनको आवश्यकता औँल्याउनुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पु¥याउन सम्बद्ध सबै पक्ष, तह र तप्कालाई आह्वान गर्नुभयो । “हामीले एकअर्कालाई शङ्का वा आरोपित गर्नेभन्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनोट र प्रभावशाली कार्य प्रणालीप्रति सजग हुन आवश्यक छ । यो प्रक्रियाको सहज अवतरण आयोगको प्रभावकारितामा निर्भर रहन्छ । आउनुहोस्, इतिहासले सुम्पेको यो कार्यभार मिलेर पूरा गरौँ”, उहाँले भन्नुभयो । मुलुकलाई अप्ठ्यारो पर्दा सबै राजनीतिक दल एक ठाउँमा उभिएर समाधान दिने प्रशंग उल्लेख गर्दै सभापति देउवाले सङ्क्रमणकालीन न्याय निरुपण र शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिएको स्पष्ट गर्नुभयो ।

जस्तोसुकै जटिल कामलाई नेपाली राजनीतिक दलहरु आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न वर्तमान सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको राष्ट्रिय सहमतिले सिद्ध गरेको उल्लेख गर्दै सभापति देउवाले नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेका नीति विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संसद्मा प्रस्तुत विधेयकले सङ्क्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताउनुभयो ।

सत्यको अन्वेषण गर्ने, न्याय दिने, पीडितलाई परिपूरण गर्ने र द्वन्द्वको पुनरावृति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको उहाँले बताउनुभयो । “प्रस्तुत विधेयक सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित हाम्रो प्रचलित कानुन, सम्मानित सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल रहेको छ”, उहाँले भन्नुभयो ।

लामो समयदेखि द्वन्द्वपीडित पक्ष न्यायको खोजीमा रहेका भन्दै सभापति देउवाले उचित परिपूरण हुन नसकेका कारण पीडित स्वयं र परिवारजनले थप पीडा व्यहोर्नु परेको बताउनुभयो । नियमानुसार सो विधेयक कानुन बनेपछि द्वन्द्व प्रभावित सबैले न्यायको अनुभूति गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

वि.सं.२०८३ साउन २१ बिहीवार १९:२०

काठमाडौं । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी...

पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

वि.सं.२०८३ साउन २१ बिहीवार १३:४४

काठमाडौं । प्रतिनिधिसभा सांसद तोसिमा कार्कीले पालिका तहमा निर्माण गर्ने...

सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०५

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य...

मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय

मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय

वि.सं.२०८३ साउन २० बुधवार १७:१२

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा...

फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह

फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह

वि.सं.२०८३ साउन २० बुधवार १४:०४

काठमाडौँ । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा निजी...

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०९

काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा...