back
nactional

प्रभु क्यापिटलले जेठ ५ गतेदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड निष्कासन गर्दै

२७ वैशाख, काठमाडौं–प्रभु क्यापिटलको म्युचुअल फण्ड निष्कासन गर्न लागेको छ । प्रभु क्यापिटलले जेठ ५ गतेदेखि सामुहिक लगानी कोषको इकाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । प्रभु म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्कासन गर्ने भएको हो । नेपाल धितोपत्र बोर्डले बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्कासनका लागि स्वीकृति दिएको हो ।

प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो । क्यापिटलले १ अर्ब रुपैयाँको १० करोड इकाई फण्ड निष्कासन गर्ने भएको हो ।
कुल १० करोड युनिट मध्ये १.५ करोड युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन भने बाँकी ८.५ करोड युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई खरिद गर्न खुला गर्ने छ ।
७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणा सम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ ।
उक्त इकाई जेठ ५ गतेबाट निष्काशन हुनेछ । लगानीकर्ताले उक्त इकाईमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त इकाईमा कम्तिमा १०० र बढिमा ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । इकाईको अंकित मूल्य १० रुपैयाँ छ । इकाईको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा...

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

वि.सं.२०८३ भदौ ३ बुधवार १६:१५

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौँको बालुवाटारमा निर्माण गरिएको आफ्नै...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

वि.सं.२०८३ भदौ ३ बुधवार १३:११

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा...

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०९

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको...