back
nactional

सानिमा लाईफको नाफामा ११.७५ प्रतिशतले वृद्धि, कस्ता छन् अन्य सूचक?

२७ वैशाख, काठमाडौँ–सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा बढाएको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९ करोड ३६ लाख ८६ हजार खुद नाफा गरेको हो । गत वर्ष यस अवधिमा कम्पनीले ८ करोड ३८ लाख ३८ हजार खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ११ दशमलव ७५ प्रतिशत बढीहो ।

यस वर्ष १५ प्रतिशत बढी कुल आम्दानी गरेको कम्पनीले करीब २७ प्रतिशत बढी कुल खर्च गरेको छ । कम्पनीले यो वर्ष १२ करोड २७ लाख ९० हजार कुल आम्दानी गरेको छ भने २ करोड ९१ लाख ४ हजार खर्च गरेको हो ।

सर्वसाधारणमा ६० करोड बराबरको आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीको हाल १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ६५ प्रतिशत बढी २० करोड ६३ लाख २१ हजार कायम भएको छ ।

जीवन बीमा कोष रकम पनि गत वर्षभन्दा १४८ प्रतिशत बढेर १ अर्ब ९२ करोड ३५ लाख पुगेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १५२ दशमलव ४९ प्रतिशत बढी बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ ।

गत वर्ष २ करोड १० लाख ८९ हजार बीमालेख धितोकर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष ५ करोड ३२ लाख ४८ हजार प्रवाह गरेको हो ।

यस वर्ष कम्पनीले १ अर्ब ४७ करोड ८२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ८ करोड ५० लाख ५२ हजार कुल दाबी भुक्तानी गरेको छ । गत वर्षभन्दा यस वर्ष १५४ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले ५७ गुणा बढी कुल दाबी भुक्तानी गरेको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले ५८ करोड १५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो भने १५ लाख मात्र कुल दाबी भुक्तानी गरेको थियो ।
कम्पनी सर्वसाधारणमा आईपीओ निष्कासनको तयारीमा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा...

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

वि.सं.२०८३ भदौ ३ बुधवार १६:१५

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौँको बालुवाटारमा निर्माण गरिएको आफ्नै...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

वि.सं.२०८३ भदौ ३ बुधवार १३:११

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा...

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०९

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको...