back

हालसम्म आइसियू र अक्सिजनको अभाव नभएको बिएण्डसी दाबि

nactional life

२५ वैशाख, काठमाडौँ–झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका ६५ भेन्टिलेटर सहित आइसियू श्यया मध्ये २५ कोभिडका बिरामीलाई छुट्याइएको जानकारी गराउँदै अक्सिजनको अभाव नभएको जनाएको हो । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दै अगामी दशदिनभित्र प्लान्ट सुचारु हुने जनाएको छ ।

ती दुवै अस्पतालका तर्फबाट कार्यकारी निर्देशक दूर्गा प्रसाईद्वारा जारी विज्ञप्तिमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति तथा प्रयोगशाला सक्षम रहेको उल्लेख छ । आज मात्र काठमाडौँस्थित ह्याम्स अस्पतालबाट पाँचथरका ५२ वर्षीय सङ्क्रमित दीपकराज आङदम्बेलार्ई ‘ हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पताल लगिएको अस्पतालले जनाएको छ । काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा भेन्टिलेटर तथा अक्सिजनको अभावभएपछि ‘हवाई बेड लिफ्ट’ गरी सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउनेक्रम जारी रहेको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार दाङ र पर्साका दुई सङ्क्रमितलाई सो बिएण्डसी अस्पतालमा लगिएको थियो ।

उनले विज्ञप्तिमा भनेका छन् “ कोरोना उपचारमा बिएण्डसी सरकारलाई सधै सहयोग गर्न तयार छ । हालसम्म कोरोनाका सङ्क्रमितलाई उपचार गर्न भेन्टिलेटर सहित आइसियू तथा अक्सिजनको अभाव नरहेको छैन । ” अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिनुभएको जानकारी अनुसार भेन्टिलेटर सहित आइसियूका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो छ । उहाँका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१९

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र...

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

वि.सं.२०८१ फागुन २२ बिहीवार १७:४४

महोत्तरी- आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं....

विदेशी दातृ निकायबाट कति पैसा आयो जानकारी होस् : सांसद सिंह

विदेशी दातृ निकायबाट कति पैसा आयो जानकारी होस् : सांसद सिंह

वि.सं.२०८१ फागुन १२ सोमवार १७:०९

काठमाडौं - स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ...

देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

वि.सं.२०८१ फागुन ६ मंगलवार १०:१४

काठमाडौं । गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर...

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...