back

पत्रकारलाई पीसीआर परीक्षण र खोपका लागि सहजिकरणको माग

२५ वैशाख, काठमाडौँ–नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिडविरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ ।

महासंघले समाचार संकलनको क्रममा पत्रकारलाई बढी जोखिम हुने भएकाले पीसीआर परीक्षण, खोप तथा स्वास्थ्य सामाग्री सहज उपलब्ध गराउन माग गरेको हो ।

महासंघ काठमाडौँ शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड सङ्क्रमण दिनानुदिन बढ्दै गएको समयमा समाचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई तुलनात्मक रुपमा बढी जोखिम हुने बताउँदै जोखिम कम गर्न सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिडविरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको बताए ।

साथै शाखाको बैठकको निर्णय सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले यस कोरोना महामारी बारेमा सर्वसाधारणलाई सुसूचित गराईरहेका सञ्चार माध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन र विद्युतजस्ता अत्यावश्यक वस्तुमा सहुलीयत दिनसमेत माग गरेका हुन् ।

शाखाका सदस्यको यसवर्षको नविकरण शुल्क नलिन केन्द्रीय समितिलाई आग्रह गर्ने, सञ्चार गृहलाई श्रमजिवी पत्रकार तथा सञ्चारकर्मीको सेवा सुविधा नियमित गराउन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको शाखा सचिव गौतमले जानकारी दिए । यस्तै, कोभिड जोखिममा परेका पत्रकारको सहयोग र भैपरी आउने अवस्थाको तयारीका लागि शाखाका अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा सात सदस्यीय ‘टाक्स फोर्स’ समिति गठन गर्ने निर्णय भएको छ ।

सङ्क्रमणमा परेका शाखा सदस्यको सङ्ख्या, अस्पताल तथा होम आइसोलेसनमा रहेकाको अवस्था पहिचान गरेर पाँच दिनभित्र सुझाव पेश गर्न शाखाका उपाध्यक्ष रामचन्द्र दुलालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ ।

gaugauma singhadarbar

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

वि.सं.२०८२ माघ १ बिहीवार १०:३८

काठमाडौँ । विद्युत नियमन आयोगले विद्युत प्रणालीमा खुल्ला पहुँचको व्यवस्था...

‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

वि.सं.२०८२ पुस ३० बुधवार १५:५५

काठमाडौं । नेपालका लागि पर्यटनका मुख्य तीन आधार सांस्कृतिक, प्राकृतिक...

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

वि.सं.२०८२ पुस ३० बुधवार १०:४०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न...

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

वि.सं.२०८२ पुस ३० बुधवार १०:३०

रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा...

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

वि.सं.२०८२ पुस २९ मंगलवार १४:५०

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका...

उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ

उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ

वि.सं.२०८२ पुस २९ मंगलवार १४:४७

रामेछाप । वाग्मती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री...