back

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

nactional life

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त संभावना बोकेको बताएका छन् ।

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को विशेष समारोह उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

मुन्धुम पदमार्ग कोशी प्रदेशको पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको आफूले पाएको उनको भनाइ छ । ‘यो पदमार्गले किराँती र मुन्दुम संस्कृतिको संरक्षण, सम्वर्धन एवम् प्रचारप्रसारमा उल्लेख्य योगदान गर्छ,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘यो पदमार्गको बीचमा थुप्रै पर्यटकीय र किराँती संस्कृतिसँग जोडिएका स्थान छन्। यसले पदमार्गको महत्त्व अझ बढाएको छ।’

झन्डै १०० किलोमिटर दुरीको यो पदमार्गमा अधिकांश किराँत समुदायका बस्ती छन्। ‘मुन्दुम’मा उल्लेखित किराँती जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएका स्थान भएकाले यो पदमार्गको नाम ‘मुन्दुम’ राखिएको हो । मुन्दुम पदमार्ग एक भए पनि संस्कृति र पर्यटनलाई सँगसँगै जोडेको मन्त्री पाण्डेले बताए ।

पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि हवाइ क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेको बताए । अहिले नेपालको आवश्यकता अनुसार जहाजहरू नभएकाले जहाजको संख्या थप गर्न र बन्द रहेका विमानस्थललाई पनि सञ्चालनमा ल्याउन आफूले प्रयास गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो।

भोजपुर र खोटाङ्गको सीमानामा पर्ने ३ हजार १६५ मिटरको टेम्केडाँडा क्षेत्रबाट शुरु हुने यस पदमार्ग ३ हजार ३५० मिटरको मैयुङ डाँडा, ४ हजार १५५ मिटरको सिलिचुङ डाँडाहुँदै ३ हजार ७५० मिटरको साल्पा पोखरीसम्म पुग्छ।

मौसम सफा भएको बेला पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, लगायतका ८००० मिटरभन्दा अग्ला ६ वटा हिमाल देख्न सकिन्छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३३

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२...

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३५

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले...

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:४६

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १...

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५३

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा...

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...