back
Naima

नाट्टाको २५औँ कार्यसमितिका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

‘सबल नेतृत्व, सुरक्षित व्यवसाय – समृद्ध पर्यटनका लागि नाट्टा’

काठमाडौँ। नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदकी सशक्त प्रत्याशी जिस्वा तुलाधर श्रेष्ठले आफ्नो व्यावसायिक प्यानलसहित चुनावी मैदानमा उत्रिने घोषणा गरेकी छन्।
काठमाडौँमा आयोजित एक भव्य पत्रकार सम्मेलनमार्फत स्वा टुर्स एन्ड ट्राभलकी प्रबन्ध निर्देशकसमेत रहेकी श्रेष्ठको नेतृत्वमा नाट्टाको २५औँ कार्यसमितिका लागि पूर्ण प्यानल उम्मेदवारी घोषणा गरिएको हो। आगामी साउन २९ गते नाट्टाको ५९औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ, जहाँ श्रेष्ठको समूहले ‘सबल नेतृत्व, सुरक्षित व्यवसाय – समृद्ध पर्यटनका लागि नाट्टा’ भन्ने मूल नारालाई अघि सारेको छ।
जिस्वा तुलाधर श्रेष्ठ नेतृत्वको समावेशी एवम् अनुभवी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे, उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा, महासचिवमा सुसिल पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल तथा सहकोषाध्यक्षमा डा. बिमला दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी कार्यसमिति सदस्य पदका लागि प्रदीप आचार्य, सुदर्शन गजुरेल, दिनेश घिमिरे, त्रिलोचन न्यौपाने, अनु राउत अधिकारी र रोजिना रञ्जितकारले उम्मेदवारी घोषणा गर्दै चुनावी प्रतिस्पर्धालाई थप रोचक र व्यावसायिक बनाएका छन्।
उम्मेदवारी घोषणासँगै तुलाधर प्यानलले समग्र पर्यटन क्षेत्रको पुनरुत्थान, व्यवसायीको हकहित संरक्षण र संस्थागत सुधारलाई केन्द्रमा राखेर दूरदर्शी १२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। प्रतिबद्धता पत्रमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (एआई) तथा बीटुबी (B2B) प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटनको प्रभावकारी प्रवर्द्धन गर्ने, इनबाउन्ड र आउटबाउन्ड पर्यटनबीच सन्तुलन कायम गर्ने तथा स्वदेशी पर्यटन व्यवसायलाई विश्वव्यापी बजारसँग सीधा जोड्ने रणनीतिक योजनाहरू समेटिएका छन्।
यसैगरी, हवाई क्षेत्र र टिकटिङ व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएका समस्या समाधानका लागि आयाटा (IATA) तथा टिकटिङ प्रणालीमा समयसापेक्ष सुधार गर्ने, एयरलाइन्सको क्यापिङ नीतिमा पूर्ण पारदर्शिता ल्याउने, जीडीएस (GDS) मा सबै व्यवसायीको समान पहुँच सुनिश्चित गर्ने तथा एडीएम (ADM) नीतिलाई न्यायोचित बनाउन ठोस कदम चाल्ने प्रतिबद्धता प्रकट गरिएको छ। नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि हवाई भाडा नियन्त्रण गर्न र हवाई टिकटमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सरकार एवम् सम्बन्धित निकायहरूसँग सशक्त पैरवी गर्ने योजना पनि प्यानलले अघि सारेको छ।
युवा, महिला तथा नयाँ पर्यटन उद्यमीहरूलाई प्रोत्साहन गर्न ‘सिंगल विन्डो’ प्रणाली, एकीकृत हेल्प डेस्क स्थापना तथा स्टार्टअप प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ। संस्थागत सुधारतर्फ ‘स्मार्ट नाट्टा’ को अवधारणाअनुसार संस्थाका सम्पूर्ण प्रशासनिक एवम् व्यावसायिक प्रक्रियाहरूलाई डिजिटल बनाउने र भविष्यमा डिजिटल अनलाइन मतदान प्रणाली परीक्षण गर्नेसम्मको लक्ष्य राखिएको छ। यसका साथै व्यवस्थित पर्यटकीय बसपार्क निर्माण, अन्तरशहरी बस सञ्जाल विस्तार, नाट्टाको कार्यसमिति पुनर्संरचना र प्रादेशिक शाखाहरूलाई अधिकारसम्पन्न बनाई प्रादेशिक सहभागिता वृद्धि गर्ने नीति लिइएको छ।
नेपाली पर्यटन व्यवसायीको हित संरक्षणका लागि गैरकानुनी रूपमा सञ्चालन भइरहेका विदेशी टुर अपरेटर र सामाजिक सञ्जालमार्फत हुने अवैधानिक पर्यटन प्रवर्द्धनलाई कडाइका साथ नियन्त्रण गर्ने प्रतिबद्धता तुलाधर समूहले जनाएको छ। त्यसैगरी, खर्बौँको लगानीमा निर्मित पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण एवम् प्रभावकारी सञ्चालन, कैलाश मानसरोवर तथा भुटान यात्राको सहजीकरण, आउटबाउन्ड पर्यटनका समस्या समाधान र वैदेशिक मुद्रा व्यवस्थापनलाई सहज बनाउने विषयलाई प्यानलले आफ्नो एजेन्डा बनाएको छ।
व्यवसायी तथा गाइडहरूको दक्षता अभिवृद्धिका लागि नाट्टा एकेडेमीमार्फत टुर अपरेटर र गाइडहरूलाई डिजिटल मार्केटिङ, वैदेशिक भाषा, कृत्रिम बौद्धिकता र संकट व्यवस्थापनसम्बन्धी नियमित व्यावसायिक तालिमहरू सञ्चालन गरिनेछ। आन्तरिक पर्यटनको दायरा फराकिलो बनाउन सरकारसँग निरन्तर सहकार्य गर्दै पर्यटकीय पूर्वाधार विकासमा जोड दिने स्पष्ट मार्गचित्रसहित आएको जिस्वा तुलाधर श्रेष्ठको प्यानलले नाट्टाको निर्वाचनमा आफूलाई बलियो र दूरदर्शी विकल्पका रूपमा प्रस्तुत गरेको छ।
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी

नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी

वि.सं.२०८३ साउन २८ बिहीवार १०:२५

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान 

वि.सं.२०८३ साउन २६ मंगलवार १८:०८

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार...

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:३१

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

आन्तरिक उडानको भाडा बढ्यो

आन्तरिक उडानको भाडा बढ्यो

वि.सं.२०८३ साउन १९ मंगलवार १९:१४

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २०...

६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे

६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५६

काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको द्रुत आर्थिक विकास...