back
Naima

४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ । उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ असुली भएको हो ।

उद्योगमन्त्री गौरी कुमारी यादवले वर्षौँदेखि राज्यलाई तिर्नुपर्ने रकम नतिरी बसेका उद्योग तथा संस्थाबाट बक्यौता असुल गर्न निर्देशन दिएसँगै असुली प्रक्रिया तीव्र पारिएको हो। करिब ४० वर्षदेखि उठ्न नसकेको उद्योगहरूको भाडा बक्यौता समेत अहिले असुल हुन थालेको छ ।

यसैक्रममा कन्टिनेन्टलबाट ४ करोड ११ लाख ९३ हजार ६८९ रुपैयाँ ७५ पौसा बक्यौता असुली भएको छ । यससँगै हालसम्म उद्योगहरूको बक्यौताबापत कुल ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ २७ पैसा असुली भइसकेको छ ।

बक्यौता असुलीसँगै लामो समयदेखि रोकिएको उद्योग सञ्चालनलाई सहज बनाउने कामसमेत अघि बढाइएको छ । थप एक उद्योगको विद्युत् लाइन पुनः जडान गरिएको छ । विद्युत् बक्यौता नतिरेका कारण हालसम्म ८१६ वटा उद्योगको विद्युत् लाइन भने काटिएकै अवस्थामा रहेका छन् ।

मन्त्री यादवको निर्देशनपछि वर्षौँदेखि अलपत्र रहेको राज्यको बक्यौता उठाउने अभियानले गति लिएसँगै सरकारी राजस्व असुलीमा समेत सकारात्मक प्रभाव परेको छ । मन्त्रालयले बाँकी रहेका उद्योगबाट पनि बक्यौता असुलीलाई निरन्तरता दिने जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिक्री घट्दा शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घट्यो

बिक्री घट्दा शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घट्यो

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२४

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडको नाफामा सामान्य...

विद्युत् निर्यात बढाउन प्रसारण प्रणाली विस्तार अपरिहार्य : उर्जा मन्त्री

विद्युत् निर्यात बढाउन प्रसारण प्रणाली विस्तार अपरिहार्य : उर्जा मन्त्री

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदै 

४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदै 

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:१७

काठमाडौं । सरकारले विगतका वर्षमा दशैँ–तिहारलाई लक्षित गरी सञ्चालन गर्दै...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीकारका लागि विभिन्न विदेशी मुद्राको...

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

वि.सं.२०८३ साउन २७ बुधवार १९:३३

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको सबैभन्दा ठूलो निजी सेवा प्रदायक...

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

वि.सं.२०८३ साउन २७ बुधवार १८:५४

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा...