back
Naima

बिक्री घट्दा शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घट्यो

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको बिक्री आम्दानीमा समेत गिरावट देखिएको छ । अघिल्लो आवमा ७ अर्ब ७६ करोड रुपैयाँ रहेको बिक्री आम्दानी समीक्षा अवधिमा घटेर ६ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ । निर्माण क्षेत्रको सुस्त गतिविधि तथा बजार मागमा आएको कमीका कारण बिक्री प्रभावित भएको देखिन्छ ।

बिक्री घटेसँगै कम्पनीको ग्रस प्रफिट पनि खुम्चिएको छ । अघिल्लो आवमा १ अर्ब ७२ करोड रुपैयाँ रहेको ग्रस प्रफिट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ । यद्यपि कम्पनीले अन्य आम्दानीतर्फ १३ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ, जसले नाफालाई केही हदसम्म टेवा पु¥याएको देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीले सञ्चालन खर्च नियन्त्रणमा राख्न सफल भएको छ । अघिल्लो आवमा ९३ करोड १६ लाख रुपैयाँ रहेको खर्च घटेर ८० करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । खर्च कटौतीका कारण बिक्री आम्दानीमा आएको गिरावटको असर नाफामा धेरै नपरेको देखिएको छ । वित्तीय अवस्थातर्फ हेर्दा कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने कुल चालु दायित्व २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसले कम्पनीको अल्पकालीन दायित्व वहन गर्ने क्षमता सन्तोषजनक रहेको संकेत गर्छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ०३ पैसा कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३३ रुपैयाँ ७१ पैसा तथा तरलता अनुपात १.६४ गुणा रहेको कम्पनीले जनाएको छ ।

बिक्री आम्दानी र ग्रस प्रफिटमा गिरावट आए पनि खर्च नियन्त्रण र अन्य आम्दानीको सहयोगले कम्पनीले नाफालाई स्थिर राख्न सफल भएको देखिन्छ । निर्माण तथा पूर्वाधार क्षेत्रमा माग सुधार भएसँगै आगामी दिनमा कम्पनीको वित्तीय प्रदर्शनमा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै 

४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै 

वि.सं.२०८३ साउन २८ बिहीवार १०:४१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि...

विद्युत् निर्यात बढाउन प्रसारण प्रणाली विस्तार अपरिहार्य : उर्जा मन्त्री

विद्युत् निर्यात बढाउन प्रसारण प्रणाली विस्तार अपरिहार्य : उर्जा मन्त्री

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदै 

४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदै 

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:१७

काठमाडौं । सरकारले विगतका वर्षमा दशैँ–तिहारलाई लक्षित गरी सञ्चालन गर्दै...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीकारका लागि विभिन्न विदेशी मुद्राको...

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

वि.सं.२०८३ साउन २७ बुधवार १९:३३

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको सबैभन्दा ठूलो निजी सेवा प्रदायक...

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

वि.सं.२०८३ साउन २७ बुधवार १८:५४

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा...