back
Naima

चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका बस्तु नेपाल फिर्ता

काठमाडौं । नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु आज नेपाल फिर्ता भएका छन् ।आइतबार पुरातत्व विभाग काठमाडौंंले विशेष कार्यक्रमको आयोजनागरी चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु सार्वजनिक गरेको हो ।

विभागका अनुसार यीमध्ये तीनवटा पौवा चित्रहरु (१५-१८ औं शताब्दी) काठमाण्डौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौंं शताब्दी) बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो ।

साथै आर्ट इन्स्टिच्यूट सिगागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुछलिन्द बुद्धको मूर्ति थान–१ (१२/१३ औं शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।

अमेरिकाको विभिन्न संग्रहालय, अक्सन हाउस तथा व्यक्तिगत संग्रहमा रहेका उक्त वस्तुहरु संयुक्त राज्य अमेरिकाको सहयोगमा नेपाली वाणिज्यदूतावासका कार्यवाहक महाबाणिज्यदूत चक्रकुमार सुवेदीलाई एक समारोहबीच मिति २०८१।११।१६ मा हस्तान्तरण गरिएको थियो ।

यी कलात्मक वस्तुहरुको उत्पत्तिस्थल नेपाल भएको भनी यस विभागबाट प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता भएका हुन् । यी कलात्मक वस्तुहरु अमेरिकाबाट नेपालसम्म ल्याउने कार्यमा न्यूयोर्कस्थित नेवाः गुठीले आर्थिक सहयोग गरेको विभागले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाट्टाको २५औँ कार्यसमितिका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

नाट्टाको २५औँ कार्यसमितिका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

वि.सं.२०८३ साउन २८ बिहीवार १०:५८

काठमाडौँ। नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को...

नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी

नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी

वि.सं.२०८३ साउन २८ बिहीवार १०:२५

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान 

वि.सं.२०८३ साउन २६ मंगलवार १८:०८

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार...

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:३१

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

आन्तरिक उडानको भाडा बढ्यो

आन्तरिक उडानको भाडा बढ्यो

वि.सं.२०८३ साउन १९ मंगलवार १९:१४

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २०...