back
Naima

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार योजनाअन्तर्गत घर कर्जामा अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत मात्र लाग्नेछ। ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।यो कर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्नसमेत प्रयोग गर्न सकिनेछ। बैंकका देशभरका ३०० शाखाबाट यो सुविधा उपलब्ध हुने जनाइएको छ।

त्यस्तै, सवारी साधन कर्जा योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराइनेछ। यसमा पनि सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।सवारी कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्र डेलिभरी अर्डर उपलब्ध गराउने व्यवस्था गरिएको बैंकको दाबी छ। यसले ग्राहकलाई सरल र छिटो प्रक्रियामार्फत सवारी साधन खरिद गर्न सहज हुने बैंकले जनाएको छ।

प्रभु बैंकले ग्राहकलाई सहज, सरल र किफायती ढंगले कर्जा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको जनाएको छ। बैंकका अनुसार घर तथा सवारी कर्जा देशभरका सम्पूर्ण शाखाबाट लिन सकिनेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:१८

काठमाडाैं । गत आर्थिक वर्षमा सिटिजन लाइफ इन्स्योरेन्सले ३९ करोड...