माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?
वि.सं.२०८३ साउन २९ शुक्रवार
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको १ अर्ब ८८ करोड रुपैयाँको तुलनामा १२.२३ प्रतिशतको वृद्धि हो।
बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ। अघिल्लो आवमा ९३ करोड ६३ लाख रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिमा ४.८६ प्रतिशतले वृद्धि भएर ९८ करोड १९ लाख रुपैयाँ पुगेको छ।
बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ। अघिल्लो आवको ५ अर्ब ७६ करोड रुपैयाँबाट बढेर गत आवको चौथो त्रैमाससम्म खुद ब्याज आम्दानी ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। यता, बैंकको खराब कर्जा अनुपात भने सामान्य बढेको छ। अघिल्लो आवमा ३.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आवमा बढेर ३.९८ प्रतिशत पुगेको छ।बैंकले आफ्नो कोषको लागत घटाउन सफल भएको छ। अघिल्लो आवमा ४.२३ प्रतिशत रहेको कस्ट अफ फन्ड समीक्षा अवधिमा घटेर ३.२७ प्रतिशतमा आएको छ। बैंकको कर्जा–निक्षेप अनुपात ७८.४५ प्रतिशत, आधार दर ५.०४ प्रतिशत र इक्विटीमा प्रतिफल १०.३६ प्रतिशत रहेको छ।
गत आवको अन्त्यसम्म बैंकको निक्षेप संकलन १ खर्ब ८४ अर्ब रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा लगानी पनि १ खर्ब ४१ अर्बबाट वृद्धि भएर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आवमा १५.५९ रुपैयाँ रहेको ईपीएस गत आवमा बढेर १७.४९ रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६९.९ रुपैयाँ, मूल्य–आम्दानी अनुपात १४.१८ गुणा र तरलता अनुपात ३२.९३ प्रतिशत कायम रहेको छ।
प्रकाशित समय : १८:२३ बजे






















