back
Naima

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हल सिँगारिएका नयाँ गाडीहरू र तिनलाई नियाल्ने उत्सुक अवलोकनकर्ताहरूले भरिभराउ छ । नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको आयोजनामा भइरहेको नेपाल मोबिलिटी एक्स्पो २०२४ ले सुस्ताएको अटोमोबाइल क्षेत्रमा नयाँ उत्साह थपेको छ ।

एक्स्पोमा १८ लाख रुपैयाँका साना इभीदेखि ४ करोड रुपैयाँ सम्मका विलासी प्रिमियम एसयूभीहरू प्रदर्शनीमा राखिएका छन् । नाईमा एक्स्पोले ग्राहकलाई गाडी मात्र देखाएको छैन । कुन बजेटमा कुन ब्रान्ड र कस्तो फिचर पाइन्छ भन्ने तुलनात्मक अध्ययन गर्ने अवसर समेत दिएको छ । विशेष गरी विद्युतीय सवारी (ईभी) मा देखिएको तीव्र प्रतिस्पर्धाले नेपाली बजार अब ब्रान्डबाट फिचर र रेन्जको प्रतिस्पर्धामा प्रवेश गरेको सन्देश दिएको छ ।

डेन्जाको बी ५ र एमजी मजेस्टर २ करोड माथि
उच्च वर्ग र सौखिन ग्राहकका लागि एक्स्पोमा १ करोड रुपैयाँभन्दा माथिका विलासी एसयूभीहरूको पनि राम्रो उपस्थिति छ । जसमा विलासी सेगमेन्टमा सबैभन्दा महँगो मध्येको डेन्जाको बी ५ र बी ८ को मूल्य क्रमशः २ करोड १७ लाख र ३ करोड ८० लाख रुपैयाँ रहेको छ ।

गोल्छाको जीओ अटोमोबाइल्सले एमजी मजेस्टर २ करोड ५० लाख रुपैयाँ मूल्यसहित सार्वजनिक गरेको छ । टोयोटाको ¥याम फोर र हाइलक्स मोडलहरू १ करोड ५५ लाख र २ करोड १३ लाख रुपैयाँको मूल्यमा प्रतिस्पर्धामा छन् ।

बिआईसिको बीजे ३०ई को मूल्य करिब १ करोड २० लाख रुपैयाँ राखिएको छ । हुन्डाईको बहुचर्चित आयोनिक ५ को मूल्य पनि १ करोड २० लाख रुपैयाँ नै छ ।

एमजीले आफ्नो प्रिमियम एसयूभी मार्भल आर र एचएस पिएच इभी १ करोडदेखि १ करोड २० लाख रुपैयाँसम्मको रेन्जमा ल्याएको छ ।

५० देखि ७० लाखमा ११ वटा मोडल
५० देखि ६० लाख रुपैयाँको सेगमेन्टमा ११ वटा मोडलहरू एकअर्कासँग भिडिरहेका छन् । ओमोडा ई ५ को मूल्य ५६ लाख ९९ हजार र महिन्द्रा एक्सयूभी ४०० ६० लाख रुपैयाँको हाराहारीमा उपलब्ध छ । यो सेगमेन्टमा चिनियाँ ब्रान्डहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

बुलिङ डारियोन ५६ लाख, निसान टेक्टन ५३ लाख ९१ हजार, होङ्छी ईएचएस ४ मोडल ५९ लाख ९९ हजार र ग्रेट वालको हावल जोयलन प्रो म्याक्स ५९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छन् ।

३० देखि ५० लाखमा चिनिया ब्राण्डकै बढी प्रतिस्पर्धा
नेपाली बजारको सबैभन्दा हट सेगमेन्ट मानिने ३० देखि ५० लाखको रेन्जमा ठूला ब्रान्डहरूबीच ठूलो प्रतिस्पर्धा देखिएको छ । जसमा प्रिमियम सेगमेन्टमा चिनियाँ, भारतीय र जापानी ब्रान्डका गाडीहरूबीच ग्राहक तान्ने होडबाजी नै चलेको देखिन्छ ।

नेपालमा पहिलोपटक भित्रिएको चेरी क्युको ३० लाख ९९ हजारदेखि ३२ लाख ९९ हजार रुपैयाँको रेन्जमा उपलब्ध छ । टाटा पन्च इभीको फेसलिफ्ट भर्सन ३३ लाख ९९ हजारदेखि ३७ लाख ९९ हजार रुपैयाँसम्ममा उपलब्ध छ । बिवाइडीको एटो ३ को मूल्य ३० लाख ७५ हजारदेखि ३४ लाख १० हजार रुपैयाँसम्म राखिएको छ ।

४० देखि ५० लाखको सेगमेन्टमा बिवाइडी एटो २ को दुई भेरियन्ट ४५ लाख ९६ हजार र ४८ लाख ९१ हजार रुपैयाँमा प्रदर्शनीमा राखिएको छ । जीडब्लुएमको ओरा ५को मूल्य ४८ लाख ४१ हजार रुपैयाँबाट सुरु हुन्छ ।

त्यस्तै, लिपमोटर टी०३ ३२ लाख ९९ हजार, प्रोटोनको ईमास ७ ३२ लाख ९९ हजारदेखि ३६ लाख ९९ हजार र एमजी विन्ड्सर ३९ लाख ७५ हजार रुपैयाँमा उपलब्ध छन् ।

१८ देखि ३० लाखमा मध्यम वर्गको रोजाइमा बजेट इभी
एक्स्पोमा सबैभन्दा बढी आकर्षण कम मूल्यका साना र सिटी कारहरूमा देखिएको छ । १८ लाख ५० हजारदेखि ३० लाख रुपैयाँसम्मको सेगमेन्टमा आधा दर्जनभन्दा बढी मोडलहरू भिडिरहेका छन्।

एमजीको कोमेट इभी १८ लाख ७५ हजार रुपैयाँको सुरुवाती मूल्यमा दिएको छ । जसले कम बजेट खोज्ने ग्राहकलाई तानेको छ । त्यस्तै, हेनरी भोल्ट्सको दुई भेरियन्टमध्ये एउटाको मूल्य १८ लाख ५० हजार र अर्कोको २२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

बोमा इभी २० लाख ९९ हजारदेखि २५ लाख ९९ हजार रुपैयाँसम्मको मूल्यमा उपलब्ध छ ।

विशाल ग्रुप अन्तर्गतको प्यारामाउन्ट मोटर्सले बुलिङको मिनी इभी १९ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको छ । टाटा टियागोका दुई भेरियन्ट २८ लाख ९९ हजार र २९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छन् । न्यून बजेट भएकादेखि करोडौँ खर्च गर्न सक्ने प्रिमियम ग्राहकसम्मका लागि यो एक्स्पोले विकल्प नै विकल्प प्रदान गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३६

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन,...

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

वि.सं.२०८३ साउन २८ बिहीवार १९:०१

भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ...

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

वि.सं.२०८३ साउन २८ बिहीवार १३:३९

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ...

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

वि.सं.२०८३ साउन २७ बुधवार १८:५८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

वि.सं.२०८३ साउन २७ बुधवार १५:३५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि आयोजना भइरहेको नाईमा...