back
nactional

हिमालय एअरलाइन्सद्वारा चीनको छिङदाओमा कुटनीतिक चार्टर उडान सञ्चालन

काठमाडौं । हिमालयन एयरलाइन्सले चीनको छिङदाओमा कुटनीतिक चार्टर्ड उडान सञ्चालन गरेको छ ।

परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा कम्पनीले परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि साउन २४ गते चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गरेको हो ।

परराष्ट्र मन्त्रालयका ११ सदस्यीय प्रतिनिधिहरुलाई लिएर एयरलाइन्सले सोमबार राति राति ११.०७ बजे छिङदाओ प्रस्तान गरेको थियो भने बुधबार बिहान ७.५५ बजे अवतरण गरिएको छ ।

सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुबै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो ।

यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि हिमालयले गत मे ३१ देखि चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा शुरु गरेको थियो ।

काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्स्ले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान सञ्चालन गरेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:२०

बाजुरा । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको...

नाट्टाको २५औँ कार्यसमितिका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

नाट्टाको २५औँ कार्यसमितिका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

वि.सं.२०८३ साउन २८ बिहीवार १०:५८

काठमाडौँ। नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को...

नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी

नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी

वि.सं.२०८३ साउन २८ बिहीवार १०:२५

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान 

वि.सं.२०८३ साउन २६ मंगलवार १८:०८

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार...

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:३१

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...