६.१६ अंकले बढ्यो शेयर बजार, कारोबार ५ अर्ब ३८ करोड बढी
वि.सं.२०८१ पुस २३ मंगलवार
काठमाडौं । साताको तेस्रो कारोबार दिन शेयर बजार सामान्य अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ को बिन्दुमा रोकिएको हो ।
आज ३०५ कम्पनीको १ अर्ब २० हजार ८१ हजार कित्ता बढी शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मल्य स्थिर रहेको छ ।
यता सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ९२ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको शेयर प्रतिकित्ता ९ हजार ५३ रुपैयाँ रहेको छ । तिन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किटट लागेको छ भने दुई कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रकाशित समय : १५:१६ बजे





















