back

निरन्तर तेस्रो कारोबार दिन नेप्से परिसूचक १८८ अंकले घट्यो, कारोबार ५ अर्ब माथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक १८८ अंक घटेर २६७५.५१ विन्दुमा झरेको छ।

आज हाज सेन्सेटिभ इण्डेक्स ०.८१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा आज ३ सय २० स्टकको ५५ हजार २ सय ३८ पटकको कारोबार हुँदा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

भने समृद्धि फाइनान्सको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.५५ प्रतिशत घटेको छ। त्यसैगरी, नेपाल फाइनान्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत घटेको छ।

आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको ३५ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको करिब २४ करोडको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ । त्यसैगरी, आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ। आज विकास बैंक, वित्त, जलविद्युत र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।


डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३३

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ...

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८२ वैशाख ३० मंगलवार १५:३४

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १८:३४

काठमाडौं । सरकारले राज्यले दिने सबै सेवा सुविधालाई अनलाइनमा सेवा...

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १०:१८

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले बैशाख ५ गतेदेखि निष्काशन तथा...

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १७ बुधवार १२:००

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।...