back

नेप्सेको सीईओ पदका लागि आवेदन खुला, कहिलेसम्म दिने ?

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् साउन २६ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन बुझाउनुपर्नेछ। आवेदनसँगै गोप्य खामबन्दीमा व्यावसायिक कार्ययोजना पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

आवेदन दिन चाहने उम्मेदवारले अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि, कानून वा सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि, चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ। साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्य अनुभव र त्यसमध्ये सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, आवेदकको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबारलगायत नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कालोसूचीमा नरहेको तथा अन्य कानुनी अयोग्यता नभएको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ।

आवेदनसँग आवश्यक शैक्षिक तथा अनुभवसम्बन्धी कागजात, स्वघोषणा फाराम, दुई प्रति पासपोर्ट साइजका फोटो र तीन प्रति खामबन्दी व्यावसायिक कार्ययोजना संलग्न गर्नुपर्नेछ। साथै, ५ हजार रुपैयाँ दरखास्त दस्तुर राजस्व खातामा जम्मा गरेको सक्कल भौचर पनि पेश गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार सीईओको मासिक पारिश्रमिक, भत्ता तथा अन्य सेवा–सुविधा नेपाल सरकारले तोकेबमोजिम हुनेछ। आवेदन प्रक्रिया, छनोट मापदण्ड तथा आवश्यक कागजातबारे विस्तृत जानकारी अर्थ मन्त्रालय र नेप्सेको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यक, के–के चाहिन्छ योग्यता ?

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न चार पदका लागि कर्मचारी...

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३४

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न संस्थाका पदाधिकारीका...

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:०२

काठमाडौं । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय...

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:३२

काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:१८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका...