उपायको ठूलो फड्को: १ वर्षमै ५४% ले बढ्यो कारोबार, ५ हजार बढीलाई रोजगारी
वि.सं.२०८३ साउन १० आइतवार
काठमाडौँ । नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्षयता तीव्र गतिमा विस्तार भइरहेको छ। ई-कमर्स, डिजिटल व्यापार तथा छिटो र भरपर्दो डेलिभरी सेवाप्रतिको बढ्दो मागसँगै यस क्षेत्रमा नयाँ लगानी र पूर्वाधार विकास उल्लेखनीय रूपमा बढेको छ। यही परिवर्तनको बीच सन् २०२० मा स्थापना भएको लजिस्टिक्स कम्पनी उपायले पछिल्लो एक वर्षमा हासिल गरेको व्यावसायिक विस्तारले उद्योग क्षेत्रको ध्यान आकर्षित गरेको छ।
एक वर्षमै उल्लेखनीय उपलब्धि र वित्तीय वृद्धि
चालु आर्थिक वर्ष उपायका लागि विस्तार र वृद्धिको वर्ष बनेको छ। कम्पनीका अनुसार चालु आर्थिक वर्षमा कारोबार रकममा करिब ५४ प्रतिशतको वृद्धि हासिल भएको छ। यो वृद्धि ढुवानी सेवामा भएको विस्तार, देशव्यापी शाखा सञ्जाल, नयाँ व्यावसायिक ग्राहक, Fulfillment सेवाको विस्तार, बढ्दो ई-कमर्स बजार तथा दैनिक पार्सल भोल्युममा भएको वृद्धिका कारण सम्भव भएको हो।व्यावसायिक विस्तारसँगै कम्पनीको क्षमता र सञ्जालमा निम्न अनुसार व्यापक वृद्धि भएको छ।
रोजगारी सिर्जना: गत आर्थिक वर्षसम्म करिब ३८० जना कर्मचारी रहेको कम्पनीमा हाल प्रत्यक्ष रूपमा १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। यसका साथै हजारौँ डेलिभरी पार्टनर, ट्रान्सपोर्ट साझेदार तथा अन्य सेवा प्रदायकमार्फत ५,००० भन्दा अधिक अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ।
शाखा र सेवा सञ्जाल: ४० वटा शाखाबाट विस्तार भएर हाल ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा आएका छन्। कम्पनीको सेवा नेपालका सबै ७७ जिल्ला र ५,००० भन्दा बढी वितरण स्थलमा पुगेको छ।
दैनिक डेलिभरी क्षमता: केही वर्षअघिसम्म दैनिक करिब १,००० पार्सल वितरण गर्ने कम्पनीले अहिले औसत दैनिक १५,००० पार्सल वितरण गरिरहेको छ।
साँगामा नेपालकै पहिलो अत्याधुनिक 3PL वेयरहाउस निर्माण
उपाय वेयरहाउजिङले काभ्रेको साँगामा १८ रोपनीभन्दा बढी आफ्नै जग्गामा करिब ४५,००० वर्गफुट क्षेत्रफलमा नेपालकै पहिलो अत्याधुनिक 3PL (Third-Party Logistics) Warehouse निर्माण कार्य तीव्र गतिमा अघि बढाएको छ।
यस परियोजनाका मुख्य विशेषताहरू।
भण्डारण क्षमता: वेयरहाउसको कुल भण्डारण क्षमता १,२४०,००० वर्गफुट बराबर हुनेछ।
सञ्चालन समयावधि: यो परियोजना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
एकीकृत सेवा: वेयरहाउस सञ्चालनमा आएपछि Storage, Inventory Management, Pick & Pack, Fulfillment तथा Nationwide Distribution जस्ता सेवाहरू एउटै स्थानबाट उपलब्ध हुनेछन्।
हालको पूर्वाधार: कम्पनीले हाल काठमाडौँको पेप्सीकोलास्थित १८,००० वर्गफुटको 3PL वेयरहाउसबाट सेवा प्रदान गर्दै आएको छ।
दीर्घकालीन रणनीति र मानव संसाधन विकास
लजिस्टिक्स उद्योगलाई आधुनिक बनाउन पूर्वाधार र जनशक्तिमा लगानी गर्नु कम्पनीको दीर्घकालीन रणनीति रहेको उपायका पदाधिकारीहरूले बताएका छन्।
उपायको Fulfillment division का President श्री संगम पौडेलका अनुसार “नेपालमा व्यवसाय गर्ने तरिका तीव्र रूपमा परिवर्तन भइरहेको छ। त्यही परिवर्तनसँगै लजिस्टिक्स पनि आधुनिक हुन आवश्यक छ। हामीले निर्माण गरिरहेको 3PL Warehouse ले नेपाली व्यवसायहरूलाई अझ प्रभावकारी, व्यवस्थित र स्केलेबल लजिस्टिक्स समाधान उपलब्ध गराउनेछ। हाम्रो लक्ष्य केवल पार्सल डेलिभरी गर्नु मात्र नभई सम्पूर्ण Supply Chain लाई प्रभावकारी बनाउनु हो। हाम्रो उद्देश्य नेपालको सम्पूर्ण लजिस्टिक्स इकोसिस्टमलाई नयाँ स्तरमा पुर्याउनु हो।”
मानव संसाधन विकासबारे कम्पनीका AVP-Human Resources श्री राजु के.सी. भन्छन् “पछिल्लो एक वर्षमा कर्मचारी संख्या चार गुणाभन्दा बढी बढ्नुले नेपालको श्रम बजारमा सकारात्मक प्रभाव पारेको छ। हामी संख्या मात्र नबढाई दक्ष जनशक्ति निर्माण गर्दैछौँ। नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास र कर्मचारी कल्याणलाई प्राथमिकतामा राखेर उपायलाई उत्कृष्ट कार्यस्थल बनाउने हाम्रो लक्ष्य हो।”
डिजिटल व्यापारको भरपर्दो साझेदार र आगामी लक्ष्य
हाल उपायले ई-कमर्स कम्पनी, साना तथा मझौला व्यवसाय (SMEs), उत्पादन उद्योग, जलविद्युत् आयोजना र रिटेल ब्रान्डहरूलाई End-to-End Logistics Solution उपलब्ध गराइरहेको छ। यसका लागि कम्पनीले Seller Portal, Real-Time Tracking, Proof of Delivery (POD), Fulfillment Service, Air Cargo, Integration Cargo Service, र Enterprise Logistics Solutions जस्ता प्रविधिमैत्री सेवा प्रदान गरिरहेको छ।
आगामी दिनहरूमा उपायले देशव्यापी सञ्जाल विस्तार, थप नयाँ 3PL Warehousing Facilities, Fulfillment Services र AI (कृत्रिम बौद्धिकता) मा आधारित प्रविधिसहितको आधुनिक लजिस्टिक्स पूर्वाधारमा थप लगानी गर्ने योजना बनाएको छ। उद्योग विश्लेषकहरूका अनुसार नेपालको लजिस्टिक्स बजार तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा उपायले गरेको यो लगानीले भविष्यमा कम्पनीको प्रतिस्पर्धात्मक क्षमतालाई अझ सुदृढ बनाउने देखिन्छ।
प्रकाशित समय : १७:११ बजे





















