back

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने सम्बन्धमा बनेको ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै बजेट कार्यान्वयनको कानुनी बाटो खुलेको छ ।

राष्ट्रपतिबाट २०८३ साल असार ३० गते प्रमाणीकरण भएको यो ऐन संवत् २०८३ साल साउन १ गतेदेखि लागू भएको छ । यस ऐनले सरकारलाई आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्र रहेर खर्च गर्ने वैधानिक अख्तियारी प्रदान गरेको छ ।

ऐनको व्यवस्थाअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि कुल १७ खर्ब ६ अर्ब ३ करोड २४ लाख रुपैयाँ (रु. १७,०६,०३,२४,००,०००÷–) विनियोजन गरिएको छ । यस कुल बजेटमध्ये चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको रकम समावेश छ । ऐनले विभिन्न संवैधानिक निकाय, मन्त्रालय र विभागहरूलाई अनुसूचीमा उल्लेख भएबमोजिमको सीमाभित्र रहेर खर्च गर्न अनुमति दिएको छ ।

ऐनमा बजेट कार्यान्वयनलाई व्यवस्थित र पारदर्शी बनाउन रकमान्तर तथा स्रोतान्तर सम्बन्धी कडा व्यवस्था गरिएको छ । कुनै एक शीर्षकबाट अर्को शीर्षकमा रकम सार्दा कुल विनियोजित रकमको १० प्रतिशतभन्दा नबढ्ने गरी मात्र रकमान्तर गर्न पाइने प्रावधान राखिएको छ । साथै, पुँजीगत खर्चका लागि विनियोजित रकमलाई चालू खर्चमा रकमान्तर गर्न नपाइने गरी वित्तीय अनुशासन कायम गर्न खोजिएको छ ।

अन्तर–सरकारी वित्त हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहका लागि पठाइने वित्तीय समानीकरण अनुदानलाई चार किस्तामा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ । जसअनुसार भदौ २, कात्तिक २, माघ २ र वैशाख २ गते गरी चार पटकमा रकम पठाइनेछ । ससर्त अनुदानको हकमा भने कार्यप्रगति र प्रतिवेदनका आधारमा रकम निकासा गरिने ऐनमा उल्लेख छ ।

परियोजना कार्यान्वयनको हकमा, बहुवर्षीय खरिद प्रक्रिया अघि बढाउँदा मध्यमकालीन खर्च संरचनाको सीमाभित्र रहनुपर्ने र आयोजना बैंकमा प्रविष्ट भएका योजनाहरूलाई मात्र प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ । बजेट प्रणालीभन्दा बाहिर (एक्स्ट्रा बजेटरी) जाने निकायहरूले पनि प्रचलित कानुनबमोजिम अनिवार्य रूपमा आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउनुपर्ने व्यवस्था गरी वित्तीय उत्तरदायित्वलाई थप मजबुत बनाइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...