back

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले आफ्नो चौथो रणनीतिक योजना सार्वजनिक गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यालयले कार्यसम्पादन विवरणसहित चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको हो ।

कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता डा. नारायण कँडेलले वर्तमान सरकार गठनपछि महान्यायाधिवक्ताको कार्यालयमार्फत भएका सुधारका प्रयास र गतिविधिबारे जानकारी गराए ।

उनले सरकारी वकिलको कार्यालय तथा सरकारी वकिलको कार्यसम्पादन सुधारका लागि विभिन्न महत्वपूर्ण कदम चालिएको बताए । दीर्घकालीन रूपमा महान्यायाधिवक्ताको कार्यालयको सञ्चालन र कार्यदिशाबारे चौथो पञ्चवर्षीय रणनीतिक योजनाले स्पष्ट मार्गनिर्देशन गर्ने उनको भनाइ थियो ।

महान्यायाधिवक्ता कँडेलले फौजदारी न्याय प्रणालीमा सुधारका काम अघि बढाइएको दाबी गरे । नेपालको संविधानले क्षतिपूर्तिसहितको न्यायको व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले पछिल्लो समय त्यसलाई कार्यान्वयनमा ल्याउने पहल गरिएको बताए ।

उनले भने, ‘नेपालको संविधानको धारा २१ को उपधारा २ र फौजदारी अपराध संका लागि आन्तरिक राहतको व्यवस्था गर्न पहल गरिएको उनले जानकारी दिए। अनुसन्धानका क्रममा समेत पीडितको राहतका विषयलाई समेटिएको र त्यसको निर्धारणका लागिहिताले पनि क्षतिपूर्तिसहितको न्यायको व्यवस्था गरेको छ । तर यो व्यवस्था प्रभावकारी रूपमा लागू भएको थिएन। यस पटकदेखि हामीले त्यसको सुरुवात गरेका छौं ।’

अपराध पीडितका लागि आन्तरिक राहतको व्यवस्था गर्न पहल गरिएको उनले जानकारी दिए । अनुसन्धानका क्रममा समेत पीडितको राहतका विषयलाई समेटिएको र त्यसको निर्धारणका लागि आवश्यक प्रक्रिया तथा मापदण्ड महान्यायाधिवक्ताको कार्यालयले तयार गरेको उनले बताए ।

उनले दैनिक रूपमा महान्यायाधिवक्ताको कार्यालयबाट सम्पादन हुने कार्यलाई थप प्रभावकारी बनाउँदै न्याय प्रणाली सुधारमा केन्द्रित भएर काम भइरहेको उल्लेख गरे ।

यसैगरी महान्यायाधिवक्ताले आफ्नो कार्यकालमा हालसम्म १ हजार १ सय ५५ वटा मुद्दामा निर्णय लिइएको बताएका छन् । उनले ती निर्णयहरूमध्ये अहिलेसम्म एउटा मुद्दामा मात्र चुनौती दिइएको र बाँकी कुनै पनि मुद्दामा चुनौती नआएको दाबी गरे ।

उनले भने, ‘महान्यायाधिवक्ताको रुपमा आइसकेपछि ११ सय ५५ वटा मुद्दाहरुमा निर्णय भएको छ । यी ११ सय ५५ वटा मुद्दाहरुमा लिएको निर्णयका सन्दर्भमा अहिलेसम्म एउटा मात्र निर्णयमा चुनौती भएको छ । त्यसबाहेक अरु मुद्दाहरुमा चुनौती भएको छैन ।’

उनका अनुसार, महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेपछि १ हजार १ सय ५५ वटा मुद्दामा निर्णय भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

वि.सं.२०८३ साउन ११ सोमवार १९:५५

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख...

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

वि.सं.२०८३ साउन ११ सोमवार १९:४६

जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक...

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

वि.सं.२०८३ साउन ११ सोमवार १९:४३

काठमाडौं । अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

वि.सं.२०८३ साउन ११ सोमवार १५:४४

चितवन। नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात र आपूर्ति...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

वि.सं.२०८३ साउन ११ सोमवार १५:३४

काठमाडौँ। संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनावमा विराम लागेसँगै...

खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

वि.सं.२०८३ साउन ११ सोमवार १५:००

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी...