सेयर बजारमा दोहोरो अंकको वृद्धि
वि.सं.२०८३ जेठ ११ सोमवार
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढेको छ । उक्त दिन नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ को विन्दुमा पुगेको छ।
आज ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा बढोत्तरी आउँदा १२ उपसूचकहरू हरियाली देखिएका छन् ।
उक्त दिन थ्रीस्टार हाइड्रोपावरको सेयर सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.०१ प्रतिशतले बढेको छ । त्यसैगरी, सुपर खुदी हाइड्रोपावरको ८.३२ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ५.३८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रकाशित समय : १५:०९ बजे





















