back
Naima

गणपति लघुवित्तको नाफा बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद नाफा वृद्धि भएको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७ करोड ५० लाख रुपैयाँ गरेको छ । यो गतवर्षको सोही अबधीको तुलनामा ४२.९४ प्रतिशत बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा १४.९७ प्रतिशतले बढेर १ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.६६ प्रतिशतबाट घटेर ४.१३ प्रतिशतमा झरेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक १६ रुपैयाँ ३० पैसामा छ । पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३२ पैसा ०८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०६.१५ गुणा छ ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ करोड दुई लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ४१ प्रतिशत घटेको हो। पुस मसान्तसम्ममा लघुवित्तले ४७ करोड १९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट दुई अर्ब ११ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...