back
Naima

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

घृणायुक्त भाषण प्रतिबन्ध गर्ने नियमहरू भए खुकुलो

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला निर्णय लिइरहेका छन्। यससँगै, उनका आफ्नै समस्याहरू पनि एक-एक गरी समाधान हुँदैछन्। नयाँ मुद्दामा, सामाजिक सञ्जाल जायन्ट मेटाले ट्रम्पसँगकाे सम्झौतालाई अन्तिम रूप दिएको दाबी गरिएको छ।

समाचार एजेन्सी पीटीआईले एक मिडिया रिपोर्टलाई उद्धृत गर्दै ट्रम्पले कम्पनी विरुद्ध दायर गरेको मुद्दा समाधान गर्न आपसी सम्झौता भएको दाबी गरेकाे छ। फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट यी कम्पनीहरू विरुद्ध दायर गरिएको मुद्दा सल्टाउन २ करोड ५० लाख डलर तिर्न सहमत भएको यस विषयसँग परिचित तीन व्यक्तिले बताएका छन्। २०२१काे जनवरी ६ मा भएकाे क्यापिटल हिल आक्रमणपछि उनीहरूलाई सामाजिक सञ्जाल प्लाटफर्महरूमा प्रतिबन्ध लगाइएको विषय याे मुद्दासँग सम्बन्धित थियाे।

सम्झौतामा के छ विशेष ?

साे विषयमा जानकार व्यक्तिहरूले बुधबार नाम नछाप्ने सर्तमा सम्झौताको बारेमा छलफल गरेका थिए। सम्झौताका सर्तहरूमा गैर-नाफामुखी संस्थालाई ४२२ मिलियन हस्तान्तरण गर्ने समावेश रहेकाे उनीहरूले बताए। बाँकी रकम कानुनी शुल्क र अन्य मुद्दाका वादीहरूलाई दिइनेछ।

यद्यपि, उक्त सम्झौता अनुसार मेटाले सामाजिक सञ्जाल प्लाटफर्महरूबाट ट्रम्पको खाताहरू हटाएकाे गल्ती स्वीकार्ने भने छैन। यसलाई मेटा र मार्क जुकरबर्गविरुद्ध ट्रम्पको विजयको रूपमा हेरिएको छ। यो सम्झौताको बारेमा पहिलो पटक द वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको थियो।

जुकरबर्ग र मस्क लगायतका टेक दिग्गजहरू उनीहरूकै पक्षमा

यसअघि, जनवरी ६ को घटनापछि ट्रम्पले सामाजिक सञ्जाल प्लाटफर्म निलम्बन भएकाे भन्दै व्यापक रूपमा आलोचना गरेका थिए। यद्यपि, राष्ट्रपति चुनाव अभियानको क्रममा, ट्रम्पले जुकरबर्ग र एक्सका सीईओ एलन मस्क लगायतका प्रविधि दिग्गजहरूलाई आफ्नो पक्षमा लिए। गत साता वाशिंगटनमा उनीहरू दुवै जना ट्रम्पको राष्ट्रपति पदको शपथग्रहण समारोहमा उपस्थित भएका थिए।

घृणायुक्त भाषण प्रतिबन्ध गर्ने नियमहरू भए खुकुलो

यसअघि, सामाजिक सञ्जाल मेटा (पहिले फेसबुक)ले घृणायुक्त अभिव्यक्ति निषेध गर्ने नियमहरू खुकुलो पार्ने निर्णय गरेको थियो। मेटाका सीईओ मार्क जुकरबर्गले नियमहरू खुकुलो पार्नुको कारण हालै भएको अमेरिकी निर्वाचन भएकाे दाबी गरेका छन् । साे निर्वाचनमा ट्रम्पले जितेका थिए। मेटाको यो कदमलाई एलन मस्कको सामाजिक सञ्जाल प्लाटफर्म एक्स (X) को पाइला पछ्याएकाे रूपमा हेरिएको छ।

नियमहरूमा खुकुलो भएपछि, अब मेटा प्रयोगकर्ताहरूले लैङ्गिक पहिचान, यौन झुकाव र आप्रवासन जस्ता मुद्दाहरूमा पनि खुला रूपमा टिप्पणी गर्न सक्नेछन्। यद्यपि, मानव अधिकार समूहहरूले मेटाको यो कदमप्रति चिन्ता व्यक्त गर्दै यो कदमले सामाजिक सञ्जालमा घृणायुक्त भाषणको बाढी आउने र यसको प्रत्यक्ष प्रभाव समाजमा पर्ने बताएका छन्।

एजेन्सी ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...