बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने
वि.सं.२०८१ माघ १ मंगलवार
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको आइतबार ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिबाट पेश भएको प्रस्ताव पारित गरेको छ ।
नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिल सरकारको स्वीकृति लिएर शेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने कम्पनीले जनाएको छ ।
३१ औं बार्षिक साधारण सभाको निर्णय बमोजिम १ करोड कित्ता शेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा दरखास्त पेश गरी प्रक्रियामा रहेको छ ।
यो कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भैरहेका छन् ।
साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत संचालित ४ मेगावाटको खुदी जलविद्युत केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन हुँदै आएको छ ।
प्रकाशित समय : १६:५८ बजे





















