महिला लघुवित्तको २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?
वि.सं.२०८१ पुस २५ बिहीवार
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ ।
कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले शेयरको बिक्री मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ।
शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संगठित संस्थाहरुले माघ २ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
आवेदन प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग ठमेल काठमाडौंमा आइपुग्ने गरि दिनुपर्नेछ ।
प्रकाशित समय : ११:३३ बजे






















