आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत लाभांश प्रस्ताव सहित बोलायो साधारण सभा
वि.सं.२०८१ पुस ९ मंगलवार
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २९ गते सोमबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ।
संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले होटल माला इन घोराही, दाङमा बिहान ११ बजे सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन्।
प्रकाशित समय : ११:०० बजे





















