साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४५.९३ अंकले घट्यो
वि.सं.२०८१ मंसिर २३ आइतवार
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ४५.९३ अंक घटेर २६८९.०० विन्दुमा झरेको छ।
आज नेप्से परिसूचक पछिल्ले ८ कारोबार दिनपछि २७०० विन्दुमुनि बन्द भएको हो। नेप्से घटेसँगै २७०० विन्दुभन्दा तल बन्द भएको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको बजारमा ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँबराबरको १ करोड ७३ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशत बढेको छ। सो कम्पनीको शेयरमूल्य ४२ रुपैयाँ ८० पैसा बढेर ४७१ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, दोल्ती पावर कम्पनीको करिब ९ प्रतिशत बढेको छ
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ६४ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल फाइनान्स र रिभर फल्स पावरको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
प्रकाशित समय : १५:२४ बजे