back

पत्रकार महासंघको नयाँ नेतृत्वमा लागि शर्मा नेतृत्वको प्यानल घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ ।

यही मंसिर २८ गते हुने निर्वाचनका लागि शर्मा नेतृत्वको प्यानलले आइतबार काठमाडौंमा उम्मेदवार घोषणा सभाको आयोजना गरेर आफ्ना उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।

५२ सदस्यीय केन्द्रीय समितिका लागि हुने निर्वाचनमा शर्माले प्रेस चौतारी र नेपाल प्रेस युनियनको साझा उम्मेदवारको रुपमा अध्यक्षमा उम्मेदवारी दिएकी हुन् । शर्माको प्यानलमा बरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद प्रसाद वागचन्द र महासचिवमा राम प्रसाद दाहालले उम्मेदवारी दिएको घोषणा गरिएको हो ।

त्यस्तै, खुल्ल सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन मधेसी सचिवमा अशोक कुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्ष रामकृष्ण ज्ञवालीको नाम घोषणा गरिएको हो । घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्षकी उम्मेदवार शर्माले पत्रकार महासंघलाई गैर पत्रकारहरुको सिण्डकेटबाट मुक्त गराउने प्रतिवद्धता जनाइन । उनले महासंघलाई पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्दै सबै श्रमजिवी पत्रकारहरुको हितका लागि काम गर्ने बताइन् ।

महासंघको हालको कार्यसमिति अध्यक्षबाट राजीनामा दिएका विपुल पोखरेलले लोकतन्त्रको नाममा लेख्न पाउने अधिकारलाई सिन्डिकेट गर्ने व्यक्तिहरुबाट पत्रकार महासंघ कब्जा गर्न मनसाय लिएकाले त्यसको अन्त्यका लागि शर्माको टिमलाई साथ दिने प्रतिवद्धता जनाए । महासंघमा धेरै अप्ठ्याराहरु देखिएपछि मैले राजीनामा दिनुपर्ने अवस्था आयो । ती सबै अप्ठ्यारा र विसङगतिरु छन् त्यसलाई सफा गर्नुपर्ने हावश्यकता छ । त्यो काम शर्मा नेतृत्वको टिमले गर्नेछ । महासंघ धमिलो पानी जस्तो छ । यसलाई शुद्द बनाउन आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, महासंघका पूर्वअध्यक्ष डा.सुरेश आचार्य, डा.महेन्द्र विष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले सम्बोधन गरेका थिए । महासंघको नयाँ नेतृत्वका लागि रमेश विष्टको नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...