माउन्टेन इनर्जीको नाफा साढे ३० करोड, विद्युत् बिक्री आम्दानी ९ प्रतिशत
वि.सं.२०८१ कात्तिक ३० शुक्रवार
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा १५.८६ प्रतिशतले बढेको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ३६ लाख १२ हजार रुपैयाँ थियो।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ६० लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४५ करोड ४८ लाख ५१ हजार रुपैयाँ थियो ।
कम्पनीको मुख्य आयोजनाको रुपमा रहेको ४२ मेगावाटको मिस्ट्री खोला आयोजनाको विद्युत उत्पादन २०८१ जेठ १५ देखि २०८१ साउन २० गतेसम्म बन्द रहेको थियो। हाल ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन भईरहेको कम्पनीले जनाएको छ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ रहेको छ। कम्पनीको रिटेन अर्निंङ १ अर्ब ३३ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख थियो। कम्पनीले आर्थिक वर्ष २०७९/८० बाट १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो ।
प्रकाशित समय : १३:३४ बजे





















