नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घट्यो
वि.सं.२०८१ कात्तिक ३० शुक्रवार
काठमाडौं । नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घटेको छ । टेलिकमले चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ ।
टेलिकमले यस्तो नाफा गत आर्थिक वर्षको यसै अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ कामाएको थियो । वित्तीय आम्दानी पहिले १ अर्ब ७५ करोड रहेकोमा अहिले १ अर्ब १७ करोड छ । कम्पनीको बिक्री आम्दानी पहिले ८ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा अहिले ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको नाफा घट्दा प्रतिशेयर आम्दानी पनि खुम्चिएको छ । पहिले वार्षिक प्रतिशेयर आम्दानी ४५ रुपैयाँ रहेकोमा अहिले ३८ रुपैयाँ ६६ पैसामा झरेको छ ।
कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ । प्रतिशेयर नेटवर्थ ५३५ रुपैयाँ छ ।
प्रकाशित समय : १३:०९ बजे





















