back

शेयर बजार २७३४ अंकमा झर्‍यो, कारोबार रकम सामान्य बढ्यो

काठमाडौं । बुधबार शेयर बजारको परिसूचक नेप्से १४.१२ अंकले घटेर २७३४८३ विन्दुमा झरेको छ। आज बजारको अंक घट्दा कारोबार रकम केही बढेको छ ।

अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९१ करोड कारोबार भएको छ ।

आज ९९ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ७ को स्थिर रह्यो । फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ ।

हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज ३३ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, पोखरा फाइनान्सको करिब २६ करोडको शेयर कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको साढे २५ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२० प्रतिशत बढेको छ।

त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। बैंकिङ्ग, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...