back

साताको पहिलो कारोबार दिन नेप्से ६२.५४ अंकले बढ्यो, पौने १० अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८.०६ विन्दुमा बन्दा भएको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। आज ३२५ स्टकको १ लाख ६५१ पटकको कारोबारमा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज गुराँस लघुवित्त वित्तीय संस्था, श्रृजनशील लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, इष्टर्न हाइड्रोपावर, पिपुल्स पावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सानिमा ग्रोथ फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ६.७६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज सानिमा जिआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३८ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, समृद्धि फाइनान्सको ३४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम २७ करोड नाघेको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.२६ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।


दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ असार १७ मंगलवार १५:५३

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा...

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

वि.सं.२०८२ असार १७ मंगलवार १२:१६

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि...

आज देखि गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

आज देखि गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ असार १७ मंगलवार ११:५९

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आज देखि आफ्नो संस्थापक शेयर...