सीजीको जी-सिक्स इलेक्ट्रिक एसयूभी सार्वजनिक
वि.सं.२०८१ कात्तिक २५ आइतवार
काठमाडौं । सीजी मोटर्सले एक्सपेंगको फ्यागसिपको शोरुमको सुरुवातसँगै जी-सिक्स इलेक्ट्रिक एसयूभी लञ्च गरेको छ ।
एक्सपेंगको आधारिक बिक्रेता रहेको सीजीले उक्त एसयुभी लञ्च गरेको हो । सीजीले काठमाडौंको थापाथलीमा फ्लागसिपको शोरुम पनि सुरुवात गरेको छ ।
उद्घाटन कार्यक्रममा एक्स्पेंज मोटर्सका उपाध्यक्ष डा ब्रायन गूले ब्रान्डको जानकारी दिए। त्यस्तै, निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा पनि गरेका छन् ।
यो फ्लाग सिप शोरुमको उद्घाटन र जी ६ अल्ट्रा स्मार्ट क्याप एयूभी मोडलको सार्वजनिकसँगै एक्सपेंगले ‘लिडिङ द फ्युचर अफ एआई मोबीलिटी’ ब्रान्ड भिजन राखेको छ । एक्सपेंगले अत्याधुनिक संयुक्त गाडीहरू विश्वभरि ल्याईसकेको छ । यो गाडी ३० भन्दा बढी देशहरूमा उपलब्ध भइसकेको छ ।
यसका साथै विश्व अटोमोटिभ क्षेत्रमा फोक्सवागन ग्रुपले एक्सपेंगको ईभी प्रविधि र एआई प्लेटफर्मको पहुँच पाउन ठूलो हिस्सामा लगानी गरेको कम्पनीले जनाएको छ ।
उद्घाटन कार्यक्रममा सीजीएमले पहिलो चरणका ग्राहकहरूलाई २५ वटा जी ६ गाडीहरू हस्तान्तरण समेत गरेको छ । जी ६ मोडललाई विश्वको सबैभन्दा राम्रो सुरक्षा परीक्षण ई एनक्याप मा ५ स्टार रेटिंग प्राप्त छ ।
यसका साथै एक्सचेंग जी ६ मा स्वचालित प्रविधि एसईर्पीए २.० , ओटीए अपडेट एक्सओएस अपरेटिङ सिस्टम र ८०० भी सुपर फास्ट चार्जिङ समावेश छ ।
यसको मोटर पावर र टर्क क्रमश १२० किलोवाट र ४४० एनएम रहेका छन् । जसमा ६६ किलोवाट ब्याट्री प्याक छ । जसले ४३५ किलोमिटरको रेज दिन्छ । थप विशेषताहरूमा स्पोर्टी प्रदर्शनका लागि अगाडि पछाडिको ५०ः५० रेसियो एल्युमिनियम डाईकास्ट बनावट र ९ डायमेंशन ब्याट्री सुरक्षा समावेश छ, जसले जी ६लाई विशेष बनाउँछ ।
शोरूमको सफल उद्घाटन र गाडीहरूको वितरणसँगै एक्सपेंगले सबैलाई नयाँ फ्ल्यागशिप शोरूम भ्रमण गर्न र विद्युतीय सवारीको भविष्यको अनुभव गर्न आग्रह गरेको छ ।
प्रकाशित समय : १५:०० बजे





















