प्राइम कमर्सियल बैंकले गर्यो लाभांश घोषणा
वि.सं.२०८१ कात्तिक ११ आइतवार
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आज बसेको सञ्चालक समिति बैठकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाले स्वीकृत दिएपछि लगानीकर्तालाई वितरण हुनेछ ।
यस अघि बैंकले २०७८/७९ मा ४.९५ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रकाशित समय : १०:४१ बजे






















