back

झन् कमजोर बन्यो एनआईसी एशिया बैंक: वितरण गर्नुपर्ने नाफा ऋणमा पुग्यो, गुमाउँदै छ जनविश्वास

किन आत्तिएका छन् निक्षेपकर्ता ?

काठमाडौं । एनआईसी एसिया बैंक झन् पछि झन् कमजोर बन्न पुगेको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको नाफा ह्वात्तै घटेको हो ।

बैंकको खुद नाफा ८९.०६ प्रतिशतले घटेको छ ।

यस अवधिमा बैंकले कुल ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट आएको छ । यसरी हेर्दा बैंकले वितरण गर्नुपर्ने नाफा ऋणमा पुगेको देखिन्छ। यस्तै एनआईसी एशियाको इम्पेयरमेन्ट चार्ज ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेको छ । बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले घटेर २ अर्ब ५५ करोड २५ लाख कायम भएको छ । गत वर्ष यस्तो आम्दानी २ अर्ब ६४ करोड थियो । त्यस्तै सञ्चालन नाफा पनि ८८.७३ प्रतिशतले घटेको छ ।

वितरणयोग्य नाफा ऋणात्मक

बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक रहेको छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६७ पैसाले घटेर २ रुपैयाँ ९१ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको छ ।

यसरि भयो बचतकर्तामा त्रास

बैंकको आम्दानीसँगै अन्य सूचकहरु घटिरहँदा बचतकर्तामा भने त्रास फैलिएको छ । यसअघि पनि बैंक डुब्न लागेको चर्चाले बचतकर्ताहरु आत्तिएर आफ्नो पैसा निकाल्न थालेका थिए । यद्यपी नेपाल राष्ट्र बैंकले बजारको हल्लालाई गलत भनेको थियो । तर कर्जा प्रवाह गर्दा नियम उल्लंघन गरेको विषयमा भने राष्ट्र बैंकले अनुसन्धान गरेको थियो । कर्जा प्रवाहमा गरेको उलंघनले राष्ट्र बैंकको अनुसन्धानमा तानिएको एनआईसी एशिया छिट्टै डुब्दैछ भनी ब्यवसायी दुर्गा प्रसाईँले सार्वजनिक अभिब्यक्ति दिएपछि सनसनी फैलिएको थियो । राष्ट्र बैंकको इन्सपेक्सन, बैंकका डेपुटी सीईओको राजीनामा, बैंकको शाखा बन्द गर्न दिएको निवेदन र खराब कर्जाका विषयहरू सतहमा आउँदा सर्वसाधारणमा त्रास बढेको थियो ।

किन आत्तिएका छन् निक्षेपकर्ता ?

–घट्दो नाफा ।
– बढ्दो खराब कर्जा ।
–राष्ट्र बैंकको नियम नमान्ने बैंक ।
– राष्ट्र बैंकले कारबाही गर्ने भएपछि बैंकको डेपुटी विगतमा सीईओले नै राजीनामा दिएको ।
– राष्ट्र बैंकमा गलत विवरण पेस गरेको ।
– कर्जा प्रवाह गर्दा नियम उल्लङ्घन गरेको ।

काण्डै काण्डले भरिएको बैंक

धेरै काण्डै काण्ड हुने बैंकको शिर्ष स्थानमा एनआईसी एसिया बैंक पर्ने गर्दछ । यो बैंकले ग्राहकलाई दुःख दिनेदेखि लिएर बैंकका कर्मचारीहरुको समेत श्रम शोषण गर्ने गरेका समय–समय तथ्यहरु बहिर आएका छन् । केही समय अघि बैंकले ग्राहक ठग्नको लागि बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको समेत प्रमाणित समेत भइसकेको छ ।

त्यस्तै, एनआईसीमा कर्मचारीको मिलेमतोमा ग्राहकको पैसा चोरी हुन्छ भने कहिले साइबर सुरक्षामा ध्यान नदिदा ह्याक भएर पैसा चोरी हुने र खातामा पैसा हुँदा पनि बैंकले नदिनेसम्मका हर्कत गर्ने गरेका गुनासाहरु आउने गरेका छन् । राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रामाणित गरेको थियो ।

गुमाउँदै छ जनविश्वास

उसो त एनआईसी एसिया बैंकले जनविश्वास गुमाउँदै गएको छ । बैंकले ओभर भ्यालुएसन गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला भएपछि धितो लिलामीको नाममा जफत गर्ने गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थामध्ये एनआईसी एसिया बैंकले ऋणको घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहनु परेको छ । किस्ता तिर्न ढिलो भएका ऋणीको घरमा सुरक्षागार्ड नै राखेर मानसिक यातना र सामाजिक बेइज्जती गर्ने गरेको छ । बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको प्रमाणित भइ सकेको छ । ऋण स्वीकृत गरेको ब्यक्तिको रकम आफैँ निकालेर अपचलन गरेको घटनाले समेत यस बैंकप्रति जनविश्वास घट्दै गएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...