सानिमा बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलायो
वि.सं.२०८१ कात्तिक ११ आइतवार
काठमाडौं । सानिमा बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो।
बैंकले मंसिर ४ गते, मंगलबार, आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
प्रकाशित समय : १०:३५ बजे






















