जथाभावी विश्लेषकको पछि नलाग्न लगानीकर्तालाई नेप्सेको आग्रह
वि.सं.२०८१ असोज ८ मंगलवार
काठमाडौं । नेपाल स्टक एकस्चेन्ज (नेप्से) ले जथाभावी विश्लेषकको पछि लागेर लगानीको निर्णय नगर्न लगानीकर्तालाई आग्रह गरेको छ ।
नेप्सेले सोमबार सूचना जारी गर्दै हालसम्म कुनै पनि व्यक्तिलाई विश्लेषकको रुपमा दर्ता वा मान्यता प्रदान नगरेको स्पष्टीकरण दिएको छ ।
फेसबुक, ट्विटर, क्लब हाउस जस्ता सामाजिक सञ्जाल वा आमसञ्चारमाध्यममा त्यस्तो विश्लेषकको नाममा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुन्छ, सूचनामा भनिएको छ, । सबैले बुझेरमात्र लगानी गर्दा जोखिमबाट बच्न सकिने नेप्सेले जनाएको छ ।
प्रकाशित समय : १४:३७ बजे





















