सेयर बजारमा उच्च गिरावट, कति भयो कारोबार ?
वि.सं.२०८१ असोज ८ मंगलवार
काठमाडौं । सेयर बजार आज मंगलबार पनि भारी अंकले घटेको छ। कारोबार रकममा भने झिनो सुधार देखिएको छ ।
उक्त दिन बजार ५८.९३ अंकले घटेको छ । आज बजार परिसूचक २४७०.३९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सबै समूहहरु राताम्य बनेका छन् ।
आज कुल ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर किनबेच भएको हो ।
प्रकाशित समय : १५:२० बजे





















