back

नेप्सेले राख्यो नयाँ रेकर्ड : २७ अर्ब २४ करोडको कारोबार, कुनको कति भयो ?

१० कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारले काराेबार रकममा लगातार दोस्रो दिन पनि नयाँ रेकर्ड कायम गरेकाे छ ।साताको दोस्रो कारोबार दिन सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो । यसअघि आइतबार मात्रै नयाँ रेकर्ड बनेको थियो । आइतबार २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार सेयर बजार नेप्से परिसूचक ७०.८१ अंकले बढेर २,९३१.६५ को विन्दुमा अडिएको छ । सोमबार १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ ।

लगानीकर्ताहरू साेमबार पनि लाइफ इन्स्योरेन्स समूहमा झुमिएका छन् । सो समूहमा ५.८५ प्रतिशतले बढेको छ । सूचीकृत समूहमध्ये लगानी र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहमा हरियाली छाएको छ ।

हिमालयन रिको सेयर १ करोडभन्दा माथि कारोबार भएको छ ।

सोमबार १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा, सगरमाथा जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अरुण काबेली, आँखुखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै कुथेली ब्रुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।

 


दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ असार १७ मंगलवार १५:५३

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा...

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

वि.सं.२०८२ असार १७ मंगलवार १२:१६

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि...

आज देखि गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

आज देखि गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ असार १७ मंगलवार ११:५९

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आज देखि आफ्नो संस्थापक शेयर...