back

मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपाल बीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपाल बीच महासंघसँग आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्य सहित सझौता भएको छ ।

कार्यक्रम बीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमूख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र महासंघको तर्फबाट महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता बमोजिम अगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आवद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्ने छ । महासंघको अध्यक्ष शोभा ज्ञवालीले खुशी व्यक्त गर्दै यस सम्झौता भए पछि महासंघसँग आवद्ध महिला उद्यमीहरुलाई आर्थिक विकास गर्न र व्यवसायिक तथा वित्तीय साक्षारताको क्षेत्रमा थप टेवा पुग्ने कुरामा विश्वास व्यक्त गरे ।

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

 


नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:०७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।...

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:४७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...

एनआईसी एशिया बैंकमा ‘गोठालो’ प्रकरण: मिलेमतोमा करोडौँ ऋण अपचलन

एनआईसी एशिया बैंकमा ‘गोठालो’ प्रकरण: मिलेमतोमा करोडौँ ऋण अपचलन

वि.सं.२०८२ वैशाख २५ बिहीवार १३:४४

काठमाडौं । एनआईसी एशिया बैंकको बनेपा शाखाबाट सञ्चालित एक संगठित...