back

नेशनल लघुवित्तले कमायो १९ करोड बढी नाफा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था १९ करोड बढी नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १९ करोड ७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ६ .१६ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा भने कम्पनीले २० करोड ३२ लाख बढी नाफा कमाएको थियो ।

तर, कम्पनीको खुद ब्याज आम्दानी भने ३१ प्रतिशत बढेर ५९ करोड २३ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको संचालन नाफा पनि ६ .१६ प्रतिशत घटेर २७ करोड २५ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २९ करोड रुपैयाँ छ । यस्तै, कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत आवको तेस्रो त्रैमासमा ५ .४३ प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा भने ४ .३६ प्रतिशत कायम भएको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ २९ पैसा कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले जगेडा कोषमा भने १ अर्ब २४ करोड ७७ लाख रुपैयाँ राखेको छ ।

यस्तै, कम्पनीको निक्षेप संकलन पनि १९ .५८ प्रतिशत बढेर ५ अर्ब ४० करोड ९५ लाख रुपैयाँ र कर्जा लगानी पनि १६ .३२ प्रतिशत बढेर १९ अर्ब ४८ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...