अघि बढ्यो एमसीसी परियोजना,नवलपरासीमा ४०० केभी सबस्टेशन बनाउन भारतीय कम्पनीसँग सम्झौता
पहिलो ठेक्का लागेको छ ।
वि.सं.२०८१ वैशाख २९ शनिवार
काठमाडौँ। अन्ततः एमसीसीको परियोजना अघि बढेको छ । यसको पहिलो ठेक्का लागेको छ । एमसिए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणका ठेक्का सम्झौता गरेको छ ।
यो सबस्टेशन भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले बनाउने भएको छ । एमसीए नेपाल र भारतीय कम्पनीबीच विहीबार निर्माण सम्झौता भएको छ ।
बिहिबार नवलपरासीमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, अमेरिकी राजदूत डीन आर । थम्पसन, स्थानीय अधिकारीहरू तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सम्झौता भएको हो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत महामहिम डीन आर । थम्पसनले नेपालको घरेलु उपभोग, विस्तारित व्यापारिक एवम् औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दो विद्युत् उपलब्ध गराइरहेको बताए ।उनले यो ४०० केभी नयाँ बुटवल सबस्टेशनले नेपालको विद्युत् प्रसारण क्षमतामा सुधार ल्याउने बताए ।
सबस्टेसन निर्माण ३९ महिनामा सक्ने गरी सम्झौता भएको हो । विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले यो ४०० केभी सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना भएको बताए ।
उनले यो प्रसारणलाइनले सीमापार ऊर्जा व्यापारका लागि विद्यमान २२० केभी सबस्टेशनलाई सघाउन बताए ।

प्रकाशित समय : २२:१५ बजे





















