back

साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ९ महिनामा साढे ५३ करोड रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ५३ करोड ४५ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ९ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ५८ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८ ।३८ प्रतिशत बढेर १ अर्ब ५७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा भने १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, कम्पनीको संचालन आम्दानी १ अर्ब १० करोड ६८ लाख र संचालन नाफा ८३ करोड ५५ लाख रुपैयाँ कायम छ । समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ३५ लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।यस्तै, कम्पनीको खराब कर्जा २ ।४१ प्रतिशत छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १८ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ २३९ रुपैयाँ ७१ पैसा कायम भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा भने ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राखेको छ ।


नेशनल लघुवित्तको नाफा शतप्रतिशत वृद्धि, आम्दानी पनि बढ्यो

नेशनल लघुवित्तको नाफा शतप्रतिशत वृद्धि, आम्दानी पनि बढ्यो

वि.सं.२०८१ माघ २८ सोमवार १६:०२

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष...

लगातार घट्यो सेयर बजार

लगातार घट्यो सेयर बजार

वि.सं.२०८१ माघ २८ सोमवार १५:३२

काठमाडौं । आज सोमबार सेयर बजारको परिसूचक नेप्से १०.९८ अंक...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ २४ बिहीवार १६:४१

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। माघ...

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

वि.सं.२०८१ माघ २४ बिहीवार १६:२१

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८१ माघ २३ बुधवार ११:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

वि.सं.२०८१ माघ २० आइतवार १७:२४

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र बाँडफाँड गरिएको छ ।...