back

थाहापाउनुहोस् सेयर खरिद/बिक्रि र सेयर कारोबार गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु, कसरी लगानी गर्ने ?

nactional life

काठमाडौं । धितोपत्र बजारमा प्रवेश गर्नको लागि लगानीकर्ताहरुमा कम्तीमा वित्तीय बजार Financial market धितोपत्र बजार र शेयर कारोवार सम्बन्धि प्रावधानहरुकोबारे जानकारी हुनुपर्दछ।

कतिपय मानिसहरु बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा नबुझ्दै साथीभाईको लहलहैमा र हल्लाको पछी लागेर पनि शेयर कारोबारमा हात हालनेगरेको पाईन्छ ।

त्यसैले अन्तत: उचित समयमा आफ्नो Profit book गर्न नसक्दा शेयर बजारलाई नै दोष दिने गर्दछन् । फलस्वरुप एक त आफैँलाई नोक्सानी र समग्र बजारमा नै दुरगामी प्रभाव पार्दछ ।

वित्तीय बजार धितोपत्र बजार र प्राथमिक बजारमा शेयर कारोवार सम्वन्धि केही महत्वपूर्ण जानकारीहरु

वित्तीय उपकरण (Financial Instrument) हरुको खरिद बिक्री हुने बजारलाई वित्तीय बजार भनिन्छ । कुनैपनि संस्था वा कम्पनीलाई लगानीको प्रकृति अनुसार अल्पकालिन र दिर्घकालिन पुँजीको आवश्यकता पर्दछ । त्यसको लागि उनीहरुले विभिन्न प्रकारका प्रतिभूतिहरु (Securities) जारी गर्दछन् । यस्ता प्रतिभूतिहरु खरिद बिक्री हुने बजार नै वित्तीय बजार हो ।

यहाँ प्रतिभूतिहरु (Securities) भन्नाले शेयर, डिवेञ्चर, पुर्वधिकार शेयर, द्रेजरी विल्स आदि पर्दछन् जसलाई वित्तीय सम्पती (Financial Assets) पनि भनिन्छ । कारोवारको प्रकृतिको आधारका हेर्दा Financial market लाई दुई भागमा विभाजन गर्न सकिन्छ ।

प्राथमिक बजार (Primary Market)

र दोस्रो बजार (Secondary Market)

प्राथमिक बजार (Primary Market) : कुनै पनि कम्पनीले आफ्नो वित्तीय आवश्यता पुरा गर्नको लागि प्रथमपटक सर्वसाधरण समक्ष जारी गरेको धितोपत्रहरु को कारोवार हुने बजारलाई प्राथमिक बजार (Primary Market) भनिन्छ । यस किसिमको बजारमा जारी हुने शेयरलाई IPO (Initial Public offering) / FPO (follow-on public offer/ Further public offering) भनिन्छ ।

IPO (Initial Public offering) : पब्लिक कम्पनीले पुँजीको आवश्यकता पर्दा सर्वसाधरण समक्ष कम्पनीको हिस्सा विक्री गरी पुँजी संकलन गर्दछन् । यसरी कम्पनीले प्रथम पटक निस्कासन गरेको शेयरलाई IPO भनिन्छ । सामान्यतया IPO जारी गर्दा अंकित मूल्य Face Value रु १०० मा गरीन्छ ।

FPO (Further public offering) : यदि पब्लिक कम्पनीले एक पटक जारी गरीसके पश्चात् पुन: पुँजी संकलन गर्न चाहेमा अंकित मुल्य Face Value मा प्रिमियम थपेर जारी गरीएको शेयरलाई FPO भनिन्छ ।

कसरी गर्ने लगानी?

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले हाल प्राथमिक बजारमा शेयर आवेदन दिनको लागी डिम्याट खाता अनिवार्य गरेको छ ।

नेपाल धितोपत्र वोर्डबाट अनुमति लिएका वित्तीय संस्थाहरु, मर्चेण्ट बैंकहरु कहाँ डिम्याट खाता खोल्न पाइन्छ । जसलाई डिपि भनिन्छ जस्तै : Mega Capital, NIBL Ace Capital आदि, खाता खोलिसकेपछि डिपिले ग्राहकलाई चेकबुक अर्थात् Delivery Instruction Slip (DIS) दिन्छ । जुन शेयर विक्री गर्दा प्रयोग हुन्छ डिम्याट खोल्दा त्यहा बैंक खाता पनि उल्लेख गर्नुपर्ने हुन्छ ।

किनकी शेयर वाट प्राप्त हुने लाभांश र अन्य मैद्रिक कारोवार सोहि बैंक खाताबाट हुन्छ । धितोपत्र भर्न को लागी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्रात गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।

आस्वा प्रणली Application Supported by Blocked Amount (ASBA) : धितोपत्र सेयरको सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो ।

लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ ।

धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने छन् ।

यसरी आस्वा प्रणलीबाट शेयर आवेदन दिन सकिन्छ र शेयर वाँडफाँड भएको जानकारी दिएको वढिमा तिन दिन भित्र शेयर नपरेको आवेदक को रकम स्वत फुकुवा हुन्छ ।

सि—आस्वा (C-ASBA) प्रणलीः आस्वा प्रणलीकै परिटीकृत रुप अर्थात् अनलाइनमार्फत घरमै बसी आफ्नो मोवाइल तथा ल्यापटपबाट शेयर आवेदन दिने प्रणालीलाई C-ASBA भनिन्छ । यो प्रणाली सुचारु गर्नको लागि आफ्नो आस्वा सेवा भएको बैंकमा गइ आवेदन दिनु पर्दछ ।

त्यसपश्चत बैँकले आदेकको software बाट जाँच/प्रमाणिकरण गर्छ र आवेदक लाई एउटा Verification code वा CRN number उपलब्ध गराउँछ यहि कोड प्रयोग गरी हामीले घरमै बसी-बसी C-ASBA वाट IPO र FPO मा लगानि गर्न सकिन्छ । आजभोली अनलाईनबाट पनि आवदेन दिन सकिने व्यवस्था गरिएको छ ।

अब डिम्याट खाता खोलीसके पश्चत र सम्वन्धित बैंकबाट सि—आस्वा सेवा लिई सके पश्चात उक्त डिपि वा डिम्याट रहेको संस्थाबाट “Mero Share” सेवा लिन पाइन्छ meroshare.cdsc.com.np मा log in गरीे “MY ASBA” भन्ने शिर्षकमा गई खुलेका IPO र FPO हरु को लिस्टबाट आफुले चाहेको कम्पिनीमा घरमै बसी-बसी शेयर आवेदन भर्न सकिन्छ । यो त भयो Primary Market मा धितोपत्र को आवेदन दिने प्रकृया ।

सार्वजनिक निष्काशन (Public Issue) भएको समयमा धितोपत्र खरीद गर्दा के गर्ने ?

निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति नेटवर्थ, नाफा नोक्सान स्थिति आदि, व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

विवरणपत्र लगायत निष्काशनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरुका लागि निष्काशनकर्ता कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरुमा सम्पर्क राख्नुहोस् ।

धितोपत्र खरीदका लागि दरखास्त दिएपछि धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी, प्रमाणपत्र प्राप्ति तथा सूचीकरण सम्बन्धमा सजग रहनुहोस् ।
धितोपत्रको निष्काशन मूल्यले सूचीकरण पश्चात धितोपत्र विनिमय बजार ९क्तयअप भ्हअजबलनभ० मा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिम प्रति सजग रहनुहोस्

धितोपत्र विनिमय बजारमा सूचीकरण भएका धितोपत्रहरु खरीद र बिक्री गर्दा के गर्ने ?

धितोपत्र बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका र धितोपत्र विनिमय बजारको सदस्यता लिएका धितोपत्र दलाल (Stock Broker) मार्फतमात्र धितोपत्र खरिद बिक्री गर्नुहोस् ।

कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, आर्थिक स्थिति, ब्यवस्थापन पक्ष तथा लगानीकर्तालाई प्रदान गरिएको प्रतिफल जस्ता महत्वपूर्ण कुराहरु हेरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

पत्र-पत्रिका तथा अन्य सञ्चार माध्यमबाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राख्ने गर्नुहोस् ।

कम्पनीसँग सम्बन्धित धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्वेदनशिल सूचनाहरु धितोपत्र विनियमय बजारको सूचना पाटीमा तत्कालै राखिने ब्यवस्था भएको हुँदा त्यस्ता सूचनासम्बन्धी जानकारीका लागि इजाजत प्राप्त धितोपत्र दलालसँग समेत सम्पर्क राख्नुहोस् ।

धितोपत्र खरिद बिक्री गर्नुअघि ग्राहक खाता राख्नका लागि दलाललाई आवश्यक विवरण उपलब्ध गराउन, आफुले दिएको खरीद बिक्री आदेशको प्रमाण लिन तथा खरीद बिक्री गरेको धितोपत्रको शेयरको हकमा कारोबार भएको दिनपछि ३ कार्य दिनभित्र र बण्ड वा डिवेञ्चरको हकमा कारोबार भएकै दिन कारोबार राफसाफ गरिसक्नुपर्ने ब्यवस्था रहेअनुसार रकमरप्रमाणपत्र बुझ्नरबुझाउन सजग रहनुहोस् ।

खरिद गरिएको धितोपत्र आफ्नो नाममा नामसारी नगरी तुरुन्त बिक्री गर्नका लागि धितोपत्र विनिमय बजारमा अभिलेख गराई खाली हस्तान्तरण (Blank Transfer) मा राख्नु भएको छ भने त्यस्तो धितोपत्र कम्पनीको दर्ता किताब बन्द हुनु अघि वा आर्थिक वर्ष समाप्त हुनु अघि आफ्नो नाममा नामसारी गरी प्रमाणपत्र लिएर कम्पनीले घोषणा गर्न सक्ने लाभांश प्राप्त गर्ने अवसर नगुमानुहोस्
ध्यान दिनुपर्ने अन्य कुराहरुः

धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले ब्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

आफुले शेयर खरीद गरेको कम्पनीको गतिविधिहरु बारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नविर्सनुहोस् ।
धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस्

धितोपत्रमा लगानी सम्बन्धी तपाइका जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र ब्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा सम्पर्क राख्नुहोस् ।यसरी कम जोखिम र कम समयमा प्राथमिक वजारमा शेयर लगानी गरी उचित प्रतिफल प्राप्त गर्न सकिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५७

काठमाडौँ ।  सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर भोली अर्थात् सोमबारदेखि दोस्रो...

स्पेसएक्सको इतिहासकै सबैभन्दा ठूलो आईपीओ आउँदै: जुन १२ बाट कारोबार सुरु हुने

स्पेसएक्सको इतिहासकै सबैभन्दा ठूलो आईपीओ आउँदै: जुन १२ बाट कारोबार सुरु हुने

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२१

काठमाडौँ । इलन मस्कको अन्तरिक्ष अनुसन्धान तथा स्याटेलाइट इन्टरनेट कम्पनी...

नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य

नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य

वि.सं.२०८३ जेठ २४ आइतवार ११:०३

काठमाडौं । पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र...