back

आजदेखि आदर्श लघुवित्तको आईपीओ बिक्री खुला, कति कित्तासम्म आवेदन दिने ?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज ( असार १ गते, बुधबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

लघुवित्तले चुक्ता पूँजीको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६७ हजार कित्ता निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ६२ हजार ६१५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लघुवित्तको आईपीओमा लगानीकर्ताले छिटोमा असार ६ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर...

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०८:५८

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर...

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०७:२९

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री...

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १७:५६

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०१

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी...

एनपीएल ३ प्रतिशत पुग्दा पनि आरएसडिसीको नाफा ३०.३४ प्रतिशत बढ्यो

एनपीएल ३ प्रतिशत पुग्दा पनि आरएसडिसीको नाफा ३०.३४ प्रतिशत बढ्यो

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:१३

काठमाडौं । आरएसडिसी लघुवित्तले ९ महिनामा ११ करोड २१ लाख...