back
nactional

४–१२ को मार्जिन ल्यान्डिङका कारण धितोपत्र बजार संकटमा पर्यो अब लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न सकारात्मक छौः अध्यक्ष हमाल

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले हाल कायम ४–१२ को मार्जिन ल्यान्डिङकै कारण धितोपत्र बजार संकटमा परेको तर्क गरेका छन् ।

धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष हमालले नियामक निकाय धितोपत्र बजार (सेयर बजार) प्रति कठोर हुँदा अहिलेको अवस्था आएको बताएका हुन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गरेको राष्ट्र बैंकले धितोपत्र बजारलाई नियन्त्रण गर्ने गरि धितोपत्र कर्जाको अधिकतम सीमा ४–१२ तोकेको थियो ।

एक व्यक्ति वा संस्थाले एक बैंक वा वित्तीय कम्पनीबाट ४ करोड रुपैयाँ र अन्य सबै बैंक वा वित्तीय संस्थाबाट अधिकतम १२ करोड रुपैयाँसम्म धितोपत्र कर्जा झिक्न पाउने व्यवस्था गरेको थियो ।

योसँगै निरन्तर ओरालो लाग्न थालेको बजार चालू आर्थिक वर्षको जेठ अन्तिमसम्म आइपुग्दा झन्डै १२ सय अंकले घट्दै २ हजारमा झरेको छ । पछिल्लो दिन मंगलबार मात्र नेप्से सूचक २ हजार २० मा झरेको छ ।

यद्यपि, आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटले धितोपत्र बजार सम्बन्धि लिएको नीति र सुधारका प्रयासले राम्रो हुने अपेक्षा रहेको अध्यक्ष हमालले बताए ।

सो ४१२ को सीमा समेत अब बन्ने मौद्रिक नीतिले परिमार्जन गर्नेमा बोर्ड ढुक्क रहेको उनले बताए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ भदौ ३ बुधवार १५:४५

काठमाडौं । बुधबारको नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

वि.सं.२०८३ भदौ २ मंगलवार १६:४३

काठमाडौं । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...