back
nactional

अमेरिकाको चेतावनी, ‘उत्तर कोरियाले कुनै पनि बेला परमाणु परीक्षण गर्नसक्छ’

एक अमेरिकी अधिकारीले उत्तर कोरियाले जुनसुकै बेला परमाणु परीक्षण गर्न सक्ने चेतावनी दिएका छन् ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमको यस्तो चेतावनी उत्तर कोरियाले आइतबार आठ ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बेला आएको हो ।

यसैबीच अमेरिकी उप(विदेशमन्त्री वेन्डी शर्मनले उत्तर कोरियाले यस्तो कुनै पनि आणविक परीक्षण गरेमा त्यसको तत्काल र कडा जवाफ दिइने बताएकी छिन्।

उत्तर कोरियाले पछिल्लो पाँच वर्षमा कुनै पनि आणविक परीक्षण गरेको छैन । तर पछिल्ला दिनहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । अमेरिकी अधिकारी सुङ किमले जकार्तामा उत्तर कोरियाले यो वर्ष अहिलेसम्म अप्रत्याशित संख्यामा क्षेप्यास्त्र परीक्षण गरेको बताएका छन् ।

उत्तर कोरियाले यो वर्ष अहिलेसम्म ३१ वटा क्षेप्यास्त्र परीक्षण गरेको छ, जुन अघिल्लो वर्ष २०१९ मा २५ थियो ।

यसैबीच अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनले उत्तर कोरियालाई दक्षिण कोरिया, अमेरिका वा जापानले मात्र नभई सम्पूर्ण विश्वले कडा जवाफ दिने बताइन् । अमेरिकी भनाइप्रति उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:४४

काठमाडौं । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने...