सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली
वि.सं.२०८३ भदौ २ मंगलवार
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल फण्ड योजनाहरुको गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। क्यापिटलको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाका इकाईधनीहरुलाई लाभांश दिने र बाँकी दुई योजनाका इकाईधनीहरुलाई भने लाभांश नदिने निर्णय गरेको हो।
क्यापिटलको निर्णय अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुले ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) प्राप्त गर्नेछन्। त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीहरुका लागि १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरिएको छ। सञ्चालक समितिको सोही बैठकले क्यापिटल अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इक्विटी फण्ड २ का इकाईधनीहरुलाई भने यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाले ती योजनाका इकाईधनीहरुको भने हात खाली भएको छ।
प्रकाशित समय : १०:४१ बजे






















