back
skip this Samagra

संसदलाई सम्बोधन गर्दै श्रीलंकाका प्रधानमन्त्रीले भने -‘आगामी ३ साता इन्धन पाउन कठिन छ’

श्रीलंका ।  श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी तीन साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् ।

उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल गर्दै अहिलेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक बाहेकको यात्रामा प्रतिबन्ध लगाउने कदम चाल्नुपर्ने बताए ।

संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्रीले देशलाई इन्धनका लागि प्रतिमहिना ५०० मिलियन अमेरिकी डलर र आगामी ६ महिनाको लागि इन्धन जोहो गर्न ३३०० मिलियन डलर आवश्यक पर्ने बताए ।

उनले हालको विश्वव्यापी संकटले तेलको मूल्य बढ्ने खतरा रहेको भन्दै बढ्दो मागका कारण यो वर्षको अन्त्यसम्ममा विश्वमा तेलको मूल्य ४० प्रतिशतसम्म बढ्ने अनुमान गरेका छन् ।

उनले ग्यास आयात गर्न मासिक ४० मिलियन डलर खर्च हुने र आगामी ६ महिनामा ग्यासका लागि २५० मिलियन अमेरिकी डलर आवश्यक पर्ने बताए ।
प्रधानमन्त्रीले आर्थिक सुधारले मात्रै मुलुकको पुनर्निर्माण पर्याप्त नहुने बताए । सामाजिक–राजनीतिक र सार्वजनिक सेवामा पनि सुधार आवश्यकता रहेको उनले औँल्याए ।

उनले देशले परम्परागत राजनीतिक विचारधारालाई त्यागेर देशको पुनर्निर्माणका लागि एकजुट भएर लाग्नुपर्ने बताए । देशको वर्तमान अवस्थालाई समाधान गर्ने जिम्मेवारी सदनका जनप्रतिनिधिको काँधमा रहेको प्रधानमन्त्रीले बताए ।

 


ठेक्का सम्झौताको २६ महिनासम्म पनि सवस्टेसन निर्माण सुरु भएन

ठेक्का सम्झौताको २६ महिनासम्म पनि सवस्टेसन निर्माण सुरु भएन

वि.सं.२०८० चैत २२ बिहीवार ११:५३

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २६...

राहदानी बनाउन पोर्चुगलबाट मात्र ६ सय ६९ को आवेदन

राहदानी बनाउन पोर्चुगलबाट मात्र ६ सय ६९ को आवेदन

वि.सं.२०८० चैत २२ बिहीवार ०९:१५

काठमाडौं । पोचुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय भन्दा...

बल्खुस्थित साझाको पम्पबाट चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत

बल्खुस्थित साझाको पम्पबाट चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत

वि.सं.२०८० चैत २२ बिहीवार ०७:४१

काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट चौबीसै घण्टा...

सवाल जवाफ:  सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छ सिंचाईमन्त्री बस्नेत

सवाल जवाफ: सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छ सिंचाईमन्त्री बस्नेत

वि.सं.२०८० चैत २० मंगलवार १५:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी...

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० चैत १९ सोमवार ०९:३७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र...

दुर्गा प्रसाईंले विभिन्न बैंकको ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी, भन्छन् पैसा कमाएर बैंकको सबै ऋण तिर्छु

दुर्गा प्रसाईंले विभिन्न बैंकको ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी, भन्छन् पैसा कमाएर बैंकको सबै ऋण तिर्छु

वि.सं.२०८० चैत १८ आइतवार १४:५९

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूले बैंकको...