back
himalayan life

संसदलाई सम्बोधन गर्दै श्रीलंकाका प्रधानमन्त्रीले भने -‘आगामी ३ साता इन्धन पाउन कठिन छ’

श्रीलंका ।  श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी तीन साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् ।

उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल गर्दै अहिलेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक बाहेकको यात्रामा प्रतिबन्ध लगाउने कदम चाल्नुपर्ने बताए ।

संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्रीले देशलाई इन्धनका लागि प्रतिमहिना ५०० मिलियन अमेरिकी डलर र आगामी ६ महिनाको लागि इन्धन जोहो गर्न ३३०० मिलियन डलर आवश्यक पर्ने बताए ।

उनले हालको विश्वव्यापी संकटले तेलको मूल्य बढ्ने खतरा रहेको भन्दै बढ्दो मागका कारण यो वर्षको अन्त्यसम्ममा विश्वमा तेलको मूल्य ४० प्रतिशतसम्म बढ्ने अनुमान गरेका छन् ।

उनले ग्यास आयात गर्न मासिक ४० मिलियन डलर खर्च हुने र आगामी ६ महिनामा ग्यासका लागि २५० मिलियन अमेरिकी डलर आवश्यक पर्ने बताए ।
प्रधानमन्त्रीले आर्थिक सुधारले मात्रै मुलुकको पुनर्निर्माण पर्याप्त नहुने बताए । सामाजिक–राजनीतिक र सार्वजनिक सेवामा पनि सुधार आवश्यकता रहेको उनले औँल्याए ।

उनले देशले परम्परागत राजनीतिक विचारधारालाई त्यागेर देशको पुनर्निर्माणका लागि एकजुट भएर लाग्नुपर्ने बताए । देशको वर्तमान अवस्थालाई समाधान गर्ने जिम्मेवारी सदनका जनप्रतिनिधिको काँधमा रहेको प्रधानमन्त्रीले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...